आइएमई ग्रुपले सञ्चालन गरेको डिजिटल वित्तिय सेवा प्रदायक कम्पनी आइएमई पे मोबाइल वालेटमा अब ४ प्रतिशत ब्याज पाइने भएको छ ।
ब्याज पाउनको लागि आईएमई पे मोबाइल वालेटमा कम्तिमा १ हजार रुपैयाँ हुनुपर्ने छ । त्यस्तै आफ्नो आइएमई पे प्रोफाइलमा गई सुपर वालेटमा अपग्रेड गर्नको लागि अनुरोध पठाउनु पर्ने हुन्छ ।
अनुरोध स्वीकृत भएपछि तपाईँको वालेट प्रत्येक दिन जाँच हुनेछ । आइएमई पे मोबाइल वालेटमा १ हजार रुपैयाँ कायम रहेपछि मात्रै ब्याज कमाउन सकिने छ ।
तपाईँले कमाएको ब्याज ३-३ महिनामा तपाईँको खातामा उपलब्ध हुनेछ । आइएमई पे मोबाइल वालेटबाट मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेट, प्लेन टिकेट, इभेन्ट्स टिकेट बुकिङ गर्न सकिन्छ ।