कीवर्डहरू -

मेडिको नेपालले अब दिनेछ COVID -19 स्वास्थ्य सम्बन्धि सिधा हटलाइन सेवा

COVID-19 सम्बन्धी जिज्ञासा र सुझाव, मेडिको नेपालको वेवसाइट र एप्लिकेसनमा राखिएको हटलाइन नम्बरहरुबाट प्राप्त गर्न सकिने छ

मेडिको नेपालले अब दिनेछ COVID -19 स्वास्थ्य सम्बन्धि सिधा हटलाइन सेवा

मेडिको नेपाल ( Mediconepal) जसले जनताको स्वस्थ्य सम्वन्धी चासो जिज्ञासा लाई बुझी स्वास्थ्य सहजकता प्रस्तुत गरी जनतालाई सेवा प्रदान गर्दै आएको छ ।  चिनको हुवान शहरबाट डिसेम्बर २०१९ मा सुरु  भएको COVID-19 अहिले विश्वभरमा माहामारीको रुपमा फैलिरहेको छ । कोरोनाको यो महामारीलाई मध्यनजर गरी मेडिको नेपालले नेपाली जनताहरुलाई वेवसाइट र एप्लिकेसनको माध्यमबाट सेवा प्रदान गर्न लागेको छ ।

मेडिको नेपालले आफ्नो वेवसाइट र मोबाइल एप्लिकेसनबाट सर्वसाधारणहरुको COVID -19 सम्बन्धी जिज्ञासा र त्यसको स्वास्थ्यकर्मीद्वारा सुझाव प्राप्त गर्न सक्नेछन् । मेडिको नेपालको वेवसाइट र एप्लिकेसनमा राखिएको हटलाइन नम्बरहरुबाट पनि सम्पर्क गर्न सकिन्छ ।


मेडिको नेपालले आफ्नो वेवसाइट र मोबाइल एप्लिकेसनबाट सर्वसाधारणहरुको COVID -19 सम्बन्धी जिज्ञासा र त्यसको स्वास्थ्यकर्मीद्वारा सुझाव प्राप्त गर्न सक्नेछन् । मेडिको नेपालको वेवसाइट र एप्लिकेसनमा राखिएको हटलाइन नम्बरहरुबाट पनि सम्पर्क गर्न सकिन्छ । आपतकालिन अवस्थामा घरमा बसिबसि स्वास्थ्यकर्मीहरुसँग सल्लाहा सुझाव लिन सकिने व्यवस्था मिलाइएको छ । मोबाइल एप्स डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।


त्यसैगरी वेवसाइट र एप्लिकेसनमा COVID-19 सम्बन्धी जानकारीहरु जस्तै यसका लक्षण, गर्न हुने नहुने कामहरु, रोकथाम गर्ने तरिका, रोग फैलिन नदिने उपाय, खान हुने नहुने खानेकुराहरु जस्ता अन्य सूचनाहरु राखिएको छ साथै COVID-19 द्वारा संक्रमण हुने, मृत्यु हुने संसारभरको अपडेट राखिएको छ ।

\"\"

वेवसाइट र एप्लिकेसनको माध्यमबाट सर्वसाधारणले आफ्नै घरमा बसिबसि आफ्नो स्वास्थ्य परिक्षण, स्वास्थ्य स्थिति मुल्याङ्कन आफै गर्न सकिनेछ साथै कुन ठाउँमा अस्पतालको क्षमता कति छ भनेर पनि जानकारी प्राप्त गर्न सकिनेछ ।