कीवर्डहरू -

कोरोना रोकथामको लागि भारतले सार्वजनिक गर्‍यो ‘कोरोना कवच’ मोबाइल एप

यस एपको सहयोगले प्रयोगकर्ताको लोकेसन ट्रयाक गर्न सकिने छ ।

कोरोना रोकथामको लागि भारतले सार्वजनिक गर्‍यो ‘कोरोना कवच’ मोबाइल एप

भारत सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नको लागि कोरोना कवच मोबाइल एप सार्वजनिक गरेको छ । यस एपको सहयोगले प्रयोगकर्ताको लोकेसन ट्रयाक गर्न सकिने छ ।

यो एप भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको सहयोगमा इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले विकास गरेको हो । एन्ड्रोइड फोनमा मात्र उपलब्ध रहेको कोरोना कवच एप अहिले बेटा चरणमा रहेको छ ।

भारत सरकारले कोरोना भाइरस पोजेटिभ भएका व्यक्तिको डेटा यसमा राखेको छ । जसको मद्दतबाट कोरोना पोजटिभ भएका व्यक्तिको लोकसन ट्रयाक हुन्छ ।

यदि तपाईं कोरोना पोजेटिभ भएको व्यक्तिको नजिक गएमा यस एपले अलर्ट पठाउने छ । तर कुनै पनि कोरोना पोजेटिभ व्यक्तिको परिचय भने सार्वजनिक गरिने छैन् । साथै यदि कुनैपनि व्यक्ति आइलेसनबाट भागेमा वा भाग्न खोजेमा त्यसको जानकारी पनि स्थानीय अधिकारीहरुलाई यस एपले दिनेछ ।

यसले कोरोना संक्रमित तथा क्वारेन्टाइनमा रहेका व्यक्तिबाट टाढै रहन मद्दत गर्नेछ । कोरोना भाइरसको जानकारी सहित यस एपमा भारतमा कोरोनाका सक्रिय केसहरु, ब्रिदिङ (श्वास) क्षमता ट्रयाकर र सेल्फ डाइगोनोसिस टुलको समेत सुविधा रहेको छ । एन्ड्रोइड फोनमा उपलब्ध रहेको यो एप छिटै आइफोनमा समेत उपलब्ध हुनेछ ।