कीवर्डहरू -

कोरोना भाइरस बारे जानकारी दिन सरकारको छुटै वेबसाइट

कोरोना भाइरस बारे जानकारी दिन सरकारको छुटै वेबसाइट

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको कामलाई व्यवस्थित गर्न सरकारले शनिबारदेखि डाँफे हेल्थ डटकम वेबसाइट सञ्चालनमा ल्याएको छ ।

कोरोना भाइरस बारे सही जानकारी तथा सूचना उपलब्ध गराउनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारदेखि डेडिकेटेड वेबसाइट सञ्चालनमा ल्याएको हो ।

डाँफे हेल्थ डटकम वेबसाइटको कोभिड-१९ लर्निङ प्लाटफर्मबाट डाक्टर, स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रमा आबद्ध हुने व्यक्तिहरुलाई आवश्यक पर्ने ज्ञान तथा सीपको अनलाइन कोचिङ पनि  प्रदान गरिने छ ।

डाँफे हेल्थ डटकम वेबसाइट  आईमार्क डिजिटलसँगको सहकार्यमा तयार पारिएको हो । डाँफे हेल्थ डटकमको कोभिड-१९ अप्सनमा गएर युजर नेम र पासवर्ड बिना डाइरेक्ट  लगइन समेत गर्न सकिन्छ ।