कीवर्डहरू -

सरकारले सार्बजनिक गर्यो कोरोना सम्वन्धी लक्षण मुल्यांकन गर्न मिल्नेगरीको वेबसाइट

सरकारले सार्बजनिक गर्यो  कोरोना सम्वन्धी लक्षण मुल्यांकन गर्न मिल्नेगरीको वेबसाइट

सरकारले कारोना अर्थात COVID 19 को जानकारी दिने तथा लक्षण मुल्यांकन समेत गर्न मिल्नेगरी आधिकारिक वेबसाइट तथा एप सार्वजनिक गरेको छ । covid19.moph.gov.np मा कोरोना सम्वन्धी कुनै लक्षण देखिए फर्म भरी रिपोर्ट गर्न सकिनेछ ।


यस वेबसाइटमा देशभरी परिक्षण हुने अस्पतालको जानकारी दिइएको छ भने हटलाइन सम्पर्क नम्बरहरु पनि उपलब्ध गराइएको छ । यस वेबसाइटमा सरकारले गरिरहेका कामहरुको पनि जानकारी दिइएको छ । सरकारका दैनिक रिपोर्टहरु यसमा राखिएको छ ।

यसैगरी यस वेबसाइटमा परिक्षण गरिएको जानकारी र तथ्यांकहरु प्रस्तुत गरिएको छ भने कोरोना सम्वन्धी जानकारी मुलक सामग्री र प्राय सोधिने प्रश्नहरु समावेश गरिएको छ ।

यसैगरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको कामलाई व्यवस्थित गर्न सरकारले शनिबारदेखि एक लर्निङ प्लाटफर्म सञ्चालनमा ल्याएको छ । डाँफे हेल्थ डटकम वेबसाइटको कोभिड-१९ लर्निङ प्लाटफर्मबाट डाक्टर, स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रमा आबद्ध हुने व्यक्तिहरुलाई आवश्यक पर्ने ज्ञान तथा सीपको अनलाइन कोचिङ पनि  प्रदान गरिने छ ।