कीवर्डहरू -

कोरोनाको लक्षण देखिएमा सेनाले विकास गरेको  ‘कोभिड-१९ रेसपोन्स एप नेपाल’ बाटै खबर गर्न सकिने 

कोरोनाको लक्षण देखिएमा सेनाले विकास गरेको  ‘कोभिड-१९ रेसपोन्स एप नेपाल’ बाटै खबर गर्न सकिने 

नेपाली सेनाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि ‘कोभिड-१९ रेसपोन्स एप नेपाल’ विकास गरेको छ ।

नेपाली सेनाले तयार पारेको एपबाट तपाईँको घर परिवार वा छिमेकमा कहि कतै कोरोना भाइरस संक्रमित वा भाइरस लागेको शंका लागेमा उक्त व्यक्तिको विवरण पठाउन सकिनेछ ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको रोकथाम, प्रतिकार र नियन्त्रणका लागि आवश्यक सूचना संकलन गरी आकस्मिक सेवा प्रवाह गर्ने उदेश्यले यो एप तयार गरेको सेनाले बताएको छ ।

यस विपतको घडिमा जनमानसमा विभिन्न किसिमका फैलावट रोक्न र नेपाली सेनाको आधिकारिक सूचना प्रवाह गर्न समेत यो एपले सहयोग पुर्‍याउने छ ।

साथै यस मोबाइल एप मार्फत् प्राप्त हुने डाटाहरुलाई नेपाली सेनाको आवश्यक व्यवस्थापन, विश्लेषण तथा बिरामीसँगको पहुँच स्थापना गर्न प्रयोगमा ल्याउने सेनाको भनाई छ ।

सेनाले निर्माण गरेको यो एप नेपाली सेनाको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिने छ । अहिलेलाई यो एप एन्ड्रोइड फोनमा मात्र उपलब्ध रहेको र केही दिनमै आईफोनमा समेत उपलब्ध हुनेछ ।

यो एपलाई केही समय पश्चात गूगल प्ले स्टोरमा समेत समावेश गरिने छ । यो एप प्रयोग गर्न सुरुमा प्रयोगकर्ताले आफ्नो व्यक्तिगत विवरण उपलब्ध गराउनु पर्ने हुन्छ । नेपाली सेनाको वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस ।