कीवर्डहरू -

नेपालमै कोरोना टेस्ट किट बनाउदै शिखर वायोटेक

कम्पनीले विकास गरिरहेको टेस्ट किट सरकारले ल्याएको भन्दा सस्तो मुल्यमा उपलब्ध गराउन सकिने जनाएको छ

नेपालमै कोरोना टेस्ट किट बनाउदै शिखर वायोटेक

नेपालको पहिलो एन्टिवडि बायोटेक कम्पनीको रुपमा स्थापित शिखर वायोटेकले विश्वको पछिल्लो संकटको रुपमा आएको कोरोना अर्थात कोभिड १९ को लागि 'टेस्ट किट' बनाउने जनाएको छ । टेस्ट किट विकास गर्नमा केहि समयदेखि काम भैरहेको भए पनि 'लकडाउन'ले केहि समान सिंगापुर र कस्टममा अड्किएको कारण ढिला भएको बताएको छ ।

विश्वको पछिल्लो वायोटेक प्रविधिमा शिखर वायोटेकले काम गरिरहेको जनाएको छ । दोश्रो लेवलको वायोसेफ्टी ल्याब्रोटोेरी रहेको शिखर वायोटेकमा कोभिड १९ को परिक्षण समेत गर्न सकिन्छ ।  सरकारले प्रयोग गर्न चाहेमा यसलाई तत्काल प्रयोगमा ल्याउन सकिने कम्पनीका अध्यक्ष तथा डाक्टर रबिन्द्र सापकोटाले बताए ।

कम्पनीले यो ल्याब प्रयोग गरेर कोभिड १९ को परिक्षण गर्न सरकारलाई उपलब्ध गराउने जनाएको छ । यो ल्याब सेटअप गरेर तत्कालै कोभिड १९ को परिक्षणमा काम गर्न सकिने कम्पनीले बताएको छ ।  यस्तो ल्याबमा रियल टाइम पिसिआर मेसिन र किटहरु उपलब्ध गराएर परिक्षणको लागि काम गर्न सकिने छ ।

कम्पनीले आफु सँग रहेको अत्याधुनिक ल्याब प्रयोग गरेर कोभिड १९ को परिक्षण गर्न सरकारलाई उपलब्ध गराउने जनाएको छ ।

शिखर वायोटेकले एन्टि कोभिड १९ एन्टिवडिजको परिक्षणको लागि टेस्ट उपकरणहरु बनाइरहेको जनाएको छ । यस मार्फत त्यस्ता ठिक भएका विरामीहरु पत्ता लगाउछ र नयाँ व्यत्तिहरुलाई रोगसँग लड्नको लागि अन्तिम अवस्थामा प्रयोगमा ल्याउन सकिन्छ । यसको लागि यो लकडाउनकै अवधिमा परिक्षणको लागि अनुमती मागेको छ ।

यस्तै कम्पनीले विकास गरिरहेको टेस्ट किट सरकारले ल्याएको भन्दा सस्तो मुल्यमा उपलब्ध गराउन सकिने भन्दै समान नेपाल कच्चा पदार्थ (आबश्यक सामान) नेपाल ल्याउन सहयोग गरिदिन आग्रह गरेको छ । डब्ल्युएचओले प्रकाशन गरेको प्रोटोकल अनुसार नै यसलाइ तयार गरिरहेको र सामान  उपलब्ध भए केहि दिनमै तयार गरेर सरकारलाइ दिने अध्यक्ष तथा डाक्टर रबिन्द्र सापकोटाले बताए ।

कम्पनीले विकास गरिरहेको टेस्ट किट सरकारले ल्याएको भन्दा सस्तो मुल्यमा उपलब्ध गराउन सकिने जनाएको छ ।

नेपालको खुमलटारमा रहेको कम्पनीले ब्रिटिश नेपाल भेन्चरको रुपमा एभरेष्ट वायोटेक लिमिटेड कम्पनी बेलयातमा पनि सञ्चालनमा रहेको छ । कम्पनीले उच्च गुणस्तरिय रिएजेन्ट्स र सर्भिस विश्वभरका वायोटेक कम्पनी तथा रिसर्चरहरुलाई उपलब्ध गराउदै आएको छ ।

यस कम्पनीले बाख्राको लागि उच्च गुणस्तरको पोलिक्लोनल एन्टिवडिज उत्पादन गरेर हजारौ प्रयोगकर्तालाई बिक्री गरेको छ । यसैगरी कम्पनीले कयौ नन एन्टिवडि रिएजेन्टेसहरु लाइफ साइन्स रिसर्चको लागि विकास गरेको छ ।

यतिवेला कोरोनाले आक्रान्त भइरहेको विश्वमा कम्पनीले विभिन्न रिसर्च गरि विकास गरेका प्रविधिहरुलाई परिक्षण गरि प्रयोगमा ल्याउन सरकारसँग आग्रह गरेको छ । यसैगरी कम्पनीसँग रहेको पछिल्लो प्रविधिको ल्याब प्रयोगमा ल्याउन सके संकटको बेला परिक्षण प्रणाली थप सहज र विश्वसनिय बनाउने सकिने थियो ।