कीवर्डहरू -

कोरोना भाइरसको लक्षणहरु आफै मूल्याङकन गर्न सकिने, सरकारले सञ्चालनमा ल्यायो एप र वेबसाइट

कोरोना भाइरसको लक्षणहरु आफै मूल्याङकन गर्न सकिने, सरकारले सञ्चालनमा ल्यायो एप र वेबसाइट

स्वास्थ्य मन्त्रालयले कारोना भाइरस अर्थात कोभिड-१९ को जानकारी दिन  आधिकारिक वेबसाइट र ‘हाम्रो स्वास्थ्य’ मोबाइल एप सार्वजनिक गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले वेबसाइट तथा मोबाइल एपको शुभारम्भ गरेका हुन् ।

सञ्चालनमा आयो ‘हाम्रो स्वास्थ्य’ मोबाइल एप

हाम्रो स्वास्थ्य एपबाट कोरोना भाइरसको लक्षणहरु आफै मूल्याङकन गर्न सकिने सुविधा रहेको छ । इन्टर्‍याक्टीभ म्यापिङ सुविधा सहितको यो एपबाट विभिन्न ठाउँमा रहेका अस्पतालहरुको, क्वारेन्टाइन तथा आइसोलेसन स्थलहरुको बारेमा जानकारी लिन सकिने छ ।

यस एपबाट आफुले खोजेको सुविधा कुन अस्पतालमा रहेको छ भनेर जानकारी समेत लिन सकिने छ । त्यस्तै मोबाइल एपमा उपयोगी जानकारी सहित  हटलाइन नम्बरहरु तथा कोरोना भाइरसको तथ्यांकहरु समेत उपलब्ध रहेको छ ।

त्यसैगरी मोबाइल एपबाटै स्वास्थ्य मन्त्रालयले सञ्चालनमा ल्याएको ‘एमओएचपी नेपाल कोभिड-१९’ भाइबर कम्युनिटीमा समेत जोडिन सकिन्छ ।

हाम्रो स्वास्थ्य मोबाइल एप अहिले वेबसाइटबाट मात्रै डाउनलोड गर्न सकिने र केही दिनमै गूगल प्ले स्टोरमा समेत समावेश गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।

कोरोनाको जानकारी दिन सञ्चालनमा आयो वेबसाइट

त्यसैगरी स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको जानकारी दिन आधिकारिक वेबसाइट समेत सञ्चालनमा ल्याएको छ । जसको लागि यहाँ क्लिक गर्नुहोला । वेबसाइटबाट पनि कोरोनाको लक्षण मूल्याङ्कन गर्न सकिने छ ।

वेबसाइटबाट हब अस्पतालहरु, परीक्षण ल्याबहरु, तथ्यांकहरु तथा प्राय सोधिने प्रश्नहरुको बारेमा जानकारी लिन सकिने छ ।

वेबसाइटबाट पनि स्वास्थ्य मन्त्रालयले सञ्चालनमा ल्याएको ‘एमओएचपी नेपाल कोभिड-१९’ भाइबर कम्युनिटीमा समेत जोडिन सकिने छ । वेबसाइटबाट ५० वर्ष भन्दा माथिको जनसंख्या समेत हेर्न सकिन्छ ।

कोभिड-१९ अर्थात कोरोना भाइरस सम्बधि विविध जानकारी मन्त्रालयले सञ्चालनमा ल्याएको वेबसाइट र एपबाट लिन सकिने छ ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको भाइबर कम्युनिटीबाट समेत कोरोना भाइरस सम्बन्धि विविध जानकारी लिन सकिने छ ।