कीवर्डहरू -

ज्याक माले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो  

ज्याक माले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो  

अलिबाबा ग्रुपका संस्थापक तथा एसियाका सर्वाधिक धनी व्यक्ती ज्याक माले गरेको सहयोग नेपाल आइपुगेको छ ।

उक्त सहयोग सामग्री अलिबाबा मातहतको कम्पनी दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेका हुन् ।

\"\"

ज्याक मा फाउन्डेसन तथा अलिबाबा ग्रुपले गरेको उक्त सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागी चिनियाँ राजदुत हौ यान्की र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थिति रहेको थियो ।

ज्याक माले पठाएका १ लाख भन्दा बढी एन-९५ मास्क र २० हजार ६४ कीट नेपाल आईपुगेका छन् । ज्याक माले दिने अन्य सहयोग स्वास्थ्य सामग्री पनि क्रमशः नेपाल आउने छन् ।