कीवर्डहरू -

कोरोना विशेष - नि:शुल्क अनलाइन शैक्षिक सामग्री उपलब्ध

भनिन्छ  हरेक संकट एक अवसर पनि हो र हामी  जस्तो शिक्षाको नवीनतामा लागेको संस्थाले  यसलाई एउटा अवसर कै रूपमा हेरिरखेकाछौँ । केवल एउटा उधेश्य छ , बालबालिकाको  सिकाई रोकिनु हुन्न ।

कोरोना विशेष - नि:शुल्क अनलाइन शैक्षिक सामग्री उपलब्ध

नेपालमा एक हप्ते लामो लकडाउन सुरु भएको छ। छिमेकि देश भारतमा पनि २१ दिन लामो लकडाउनको निर्णय भए लगतै नेपालमा पनि लकडाउन लम्बिने सम्भावना देखिन्छ । कोरोनाको  महामारी नफैलियोस् भन्ने हामी चाहन्छौं भने हामीले अहिले सरकारले गरेको लकडाउनलाई सहयोग गर्नैपर्छ।

बुढाबुढी , युवावर्ग होस्  या नानीबाबुहरु , सबैजना  अहिले हामी घर भित्र बस्न  बाध्य छौँ। एक अर्थमा अहिले बालबालिकाको  शिक्षा ठप्प भएको छ। यो समयमा क गर्ने त?

कारखानाले अहिले  लकडाउनको समयमा के, किन र कसरी काम गर्दै छ?

भनिन्छ  हरेक संकट एक अवसर पनि हो र हामी  जस्तो शिक्षाको नवीनतामा लागेको संस्थाले  यसलाई एउटा अवसर कै रूपमा हेरिरखेकाछौँ । केवल एउटा उधेश्य छ , बालबालिकाको  सिकाई रोकिनु हुन्न ।

\"\"

भनिन्छ  हरेक संकट एक अवसर पनि हो र हामी  जस्तो शिक्षाको नवीनतामा लागेको संस्थाले  यसलाई एउटा अवसर कै रूपमा हेरिरखेकाछौँ । केवल एउटा उधेश्य छ , बालबालिकाको  सिकाई रोकिनु हुन्न ।

हामीलाई हाम्रा विद्यार्थीको , हाम्रा अभिभावकको , हाम्रा  सहकर्मी शिक्षकहरुको , विद्यालय व्यवस्थापकहरुको चिन्ता छ त्यसैले यो अप्ठेरो घडीमा  पनि हामी हाम्रो तर्फाबाट हर सम्भव उपयोगी हुन चाहन्छौ अनि सहयोग गर्न चाहन्छौं ।  हामीलाई धेरै विद्यालय व्यवस्थापक अनि अभिभावकहरुको सुझावलाई लिएर हामीले केहि घर मै  बसेर अनलाइन मार्फत उपयोग गर्न मिल्ने श्रोतहरु बनाएका छौँ ।

केहि भिडियो, केहि लेख , केहि  अन्तरवार्ता, केहि अनलाइनमा सिक्ने सामग्रीहरुको निर्माण तथा संकलन गरेका छौँ ।  यी सामग्रीहरु  नानीबाबुहरुको   घरमै बसेर सिकाईको लागि , विद्यालय  व्यवस्थापक अनि शिक्षकहरुको सहयोगार्थ  अनि आम जनमानसको भावनात्मक स्वस्थताकोमा केन्द्रित  भएर निर्माण गरिएको छ ।

धेरै  विज्ञहरु , विभिन्न  श्रोतहरुसंगको सहकार्यमा  कारखाना टिमले दिन रात गरी  यो सबै सिकाईका श्रोत, अनि सिकेका अनुभवहरुको  निर्माण गरेकाछौं । यो सबै अनलाइन र डिजिटल समग्री  नि:शुल्क  पाइन्छ www.karkhana.asia मा ।  हामीले  निम्न गरेका  अनलाइन र डिजिटल   समग्रीसंगै हामी जसरी  संस्थाहरुले बनाउनु भएको  सामग्रीहरुको पनि संकलन गरेका  छौँ ।

के हो कारखाना?

कारखाना एक नेपाली शैक्षिक संस्था र बालबालिकाहरुका लागि सिकाईका अनुभवहरू डिजाइन गर्ने  मेकरस्पेसको रुपमा चिनिन्छ। राजधानी काठमाडौंबाट पोखरा, विराटनगर, बुटवल, चितवन लगायत इंडिया, बंगलादेश, दुबई तथा अन्य दक्षिण एसियाली देशहरुमा पनि कारखानाका कार्यक्रमहरु फैलिएका छन्। ६० जना उस्तै विचारधारा भएका व्यक्तिहरूको टोलीले यो संस्था चलाउँदै आएका छन्। कारखानाले प्रत्येक हप्ता लगभग ६००० जना विद्यार्थीहरूलाई स्टीमका (STEAM-Science, Technology, Engineering, Arts & Design, Mathematics) कार्यक्रमहरू संचालन गरि, पढाई सामग्री (किट)का मध्यमबाट प्रभाव परिराखेको छ।

कारखानाको  दृढ विश्वास छ कि आजका छुकछुके नै भविष्यका निर्माता हुन् । उनीहरुको क्षमता र मनोवृत्तिको विकासले नै आफ्नो भविष्य र समुदायको भविष्य निर्माण गर्न मद्दत गर्दछ। कारखानालाई स्थानीय स्तरमा नव  परिवर्तनको भावना जगाउनका लागि सिर्जना गरिएको थियो जसबाट विश्वव्यापी प्रभाव पार्न सकियोस । २०१२ सालमा स्थापना गरिएको कारखानाको मुख्य उद्देश्य भनेको बालबालिकाहरूलाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिकाहरू देखाउँदै, केही बनाउदै पढ्न सिकाउने हो।

यस सहकार्यमा को को सामेल हुनुहुन्छ?

हामीले अहिले कोरोनाको  महामारीको बेलामा PABSON, NPABSON संग  सहकार्य  गरी यो अनलाइन र  डिजिटल सामग्रीहरु सबैको  लागि नि:शुल्क उपलब्ध गराएका  छौँ । हामी चाहन्छौं कि घर मै  बस्नु परेको अवस्थामा पनि सिकाईको  बाटोहरु निक्लियोस अनि त्यो सिकाई नानीबाबुको  लागि मात्र नभई युवावर्गका लागि अनि अभिभावकका  लागि पनि होस् भन्ने चाहन्छौं ।

\"\"

हामीलाई सहयोग गर्नु  हुने संघसंस्था नेपालमा मात्र नभएर यो सामग्री बनाउन बिदेशी  संस्थाहरुसंग पनि सहकार्य गरिएको छ । हामी नेपाल लगायत भारत , अनि  बंगलादेशमा काम गर्ने भएकोले हाम्रा सामग्रीहरु नेपाल मात्र नभई दक्षिण एशियाको  पृष्ठभुमिमा उपयोग हुने गरी तयार पारिएको छ ।

लेखक समिता आमगाइ कारखाना सँग आबद्ध हुनुहुन्छ ।

यस विषयमा  थप जानकारीका  लागि 9802072539 अथवा  9807227110   मा सम्पर्क  गर्न सकिन्छ। वेबसाईट www.karkhana.asia मा  जान सकिन्छ।