कीवर्डहरू -

इन्टरनेट र विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय

इन्टरनेट र विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय

सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । सरकारले लकडाउन अवधिभर टेलिकम सेवाप्रदायकलाई डाटा तथा डाटा प्याकमा २५ प्रतिशत छुट दिन निर्देशन दिएको छ । निजि क्षेत्रका इन्टरनेट सेवाप्रदायकले पनि यस्तो छुट दिनुपर्ने सरकारले निर्णय गरेको छ ।


मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।


यस्तै, खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ । यसैगरी सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ