कीवर्डहरू -

डिजिटल बैंकिङ प्रयोग गरी मेरो किरानाबाट अनलाइन सामान खरिद गर्दा १० प्रतिशत छुट

डिजिटल बैंकिङ प्रयोग गरी मेरो किरानाबाट अनलाइन सामान खरिद गर्दा १० प्रतिशत छुट

एन आईसी एशिया बैंकका ग्राहकहरुले मेरो किरानाबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने मेरो किरानामा साझेदारी बमोजिम बैंकको डेबिट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले उक्त सुविधा पाउने छन् ।

मेरो किरानाबाट अनलाइन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाउन सक्ने छन् । यो योजना चैत मसान्तसम्म लागु हुनेछ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न बैंकले यस्तो सुविधा ल्याएको हो ।