कीवर्डहरू -

दैनिक ज्याला मजदुरी गर्नेलाई एन आईसी एशिया बैंकद्वारा प्रहरीसँगको सहकार्यमा खाद्यान्न वितरण

दैनिक ज्याला मजदुरी गर्नेलाई एन आईसी एशिया बैंकद्वारा प्रहरीसँगको सहकार्यमा खाद्यान्न वितरण

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहेका छन् ।

यस्तो अवस्थामा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत दिन एन आईसी एशिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई नेपाल प्रहरीसँगको सहकार्यमा  पाँच लाख रुपैयाँ बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेललाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।

बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास लिएको छ ।