कीवर्डहरू -

घरमै बसेर \'नि:शुल्क\' अध्ययन गर्नुहोस, यस्ता छन् चलेका अनलाइन लर्निङ प्लाटफर्म

घरमा बसिरहदा तपाईँलाई के गर्ने के गर्ने भइरहेको हुन सक्छ ।

घरमै बसेर \'नि:शुल्क\' अध्ययन गर्नुहोस, यस्ता छन् चलेका अनलाइन लर्निङ प्लाटफर्म

यतिबेला विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ । कोरोना भाइरसले गर्दा यो समाचार तयार पार्दा सम्म ७ लाख ८६ हजार भन्दा बढी संक्रमित भइसकेका छन, जसमा १ लाख ६५ हजार भन्दा बढी रिकभर भइसकेका छन् । भने ३७ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसले गर्दा नेपाल अहिले लकडाउनमा छ । घरमा बसिरहदा तपाईँलाई के गर्ने के गर्ने भइरहेको हुन सक्छ । तपाईँ यो समयको सदुपयोग गरेर केही नयाँ सीप सिक्न सक्नुहुन्छ । वा नयाँ जानकारी हासिल गर्न सक्नु हुन्छ । जसले गर्दा तपाईँलाई भविष्यमा सहज हुनेछ ।

आज हामी तपाईँलाई ती अनलाइन लर्निङ पोर्टलको बारेमा जानकारी दिदै छौं । यदि तपाईंले लर्निङ प्लाटफर्मबाट पैसा तिरेर कोर्स लिनुहुन्छ भने तपाईँले प्रमाणपत्र पनि पाउँनु हुनेछ ।

विभिन्न अनलाइन लर्निङ प्लाटफर्मले कोरोना भाइरसको कारणले घरमै बसेका मानिसलाई लक्षित गरेर विभिन्न कोर्सहरु निशूल्क प्रदान गरेका छन् ।

कुनै कुनै निशूल्क कोर्समा पनि तपाईंले प्रमाणपत्र पाउन सक्नु हुनेछ । यी लर्निङ प्लाटफर्मबाट तपाईँले कोर्सहरु निशूल्क अध्ययन गर्न सक्नु हुनेछ । यी कोर्सहरु तपाईँ मोबाइल एपबाट अध्ययन गर्न सक्नु हुनेछ ।

युडेमी (Udemy)

\"\" युडेमीको  एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।  भने आइफोनको लागि यहाँ क्लिक गर्नुहोस ।

युडेमी विश्वको टप ई-लर्निङ प्लाटफर्म हो । जसमा डेभल्पमेन्ट, विजनेश, डिजाइन, आइटी, मार्केटिङ, लाइफस्टाइल, फोटोग्राफि, हेल्थ, फिटनेश, म्युजिक, टिचिङ लगायतका विविध कोर्सहरु यसमा पाइन्छन् ।

युडेमीमा तपाईँले कुनै कोर्स पैसा तिरेर खदिर गर्नुभयो भने ३० दिनको पैसा फिर्ताको ग्यारेन्टी समेत पाउनु हुन्छ । युडेमीमा ५७ हजार सिकाउने मान्छे छन् । भने एकसय ५० हजार विविध कोर्सहरु छन् ।

त्यस्तै २९५ मिलियनले ‍पढिरहेका छन् । युडेमीमा ६५ भन्दा बढी भाषामा कोर्सहरु उपलब्ध छन् । तपाईँले यसबाट विभिन्न कोर्सहरु निशूल्क तथा सःशूल्क अध्ययन गर्न सक्नु हुनेछ ।

कोर्सेरा (Coursera)

\"\"
कोर्सेराको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । भने आईफोनकोलागि यहाँ क्लिक गर्नुहोस

सन् २०१२ सालमा स्थापना भएको कोर्सेरा पनि विश्वमा धेरै प्रयोग गरिने ई-लर्निङ माध्यम हो । यो स्ट्यान्डफोर्डका कम्प्युटर साइन्सका २ जना प्रोफेसरले स्थापना गरेका हुन ।

जहाँ पनि जसलाई पनि विश्वको राम्रो शिक्षा उपलब्ध गराउने उदेश्यका साथ यसको सुरुवात भएको हो । अहिले ४८ मिलियन जनताको सामु कोर्सेरा पुगेको छ ।

यसमा भाषा, स्वास्थ्य, सोसल साइन्स, आर्टस्, ह्युम्यानिटिज, डेटा साइन्स, विजनेस, व्यक्तित्व विकास, कम्प्युटर साइन्स लगायतका कोर्सहरु पाइन्छन् । यसमा ३९०० भन्दा बढी कोर्सहरु रहेका छन् ।

इडिएक्स (Edx)

\"\"
इडिएक्सको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । भने आइफोनको लागि यहाँ क्लिक गर्नुहोस ।

इडिएक्स पनि ई-लर्निङ प्लाटफर्म हो । इडिएक्सको स्थापना एमआइटी र हार्भड विश्वविद्यालयले गरेका हुन् । यो २० मिलियन जनतासामु पुगेको छ । १४० भन्दा बढी स्कुल तथा विभिन्न संघसंस्थाहरु यसमा आवद्ध रहेका छन् ।

यसमा कम्प्युटर साइन्स, ल्याङ्वेज, डेटा साइन्स, विजनेश तथा म्यानेजमेन्ट लगायतका विविध कोर्स यसमा पाइन्छन् । यसमा २५०० भन्दा बढी कोर्सहरु उपलब्ध रहेका छन् ।

खान एकेडेमी (Khan Academy)

\"\"
खान एकेडेमीको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । भने आइफोनको लागि यहाँ क्लिक गर्नुहोस ।

यो एउटा यस्तो ई-लर्निङ प्लाटफर्म  हो, जसमा निशुल्क कोर्सहरु पाइन्छन् । यसमा म्याथ, साइन्स, इन्जिनियरिङ, कम्प्युटिङ, आर्टस्, इकोनोमि तथा फाइनान्सका विविध कोर्सहरु पाउन सकिन्छ ।

खान एकेडेमीले विभिन्न संस्थाहरुसँग सहकार्य गरेर पनि काम गर्दै आएको छ । जस्तै नासा, दि म्युजियम अफ मोर्डन आर्ट, दि क्यालिफोर्निया एकेडेमी अफ साइन्स र एमआइटी आदी । खान एकेडेमी निशूल्क प्रयोग गर्न सकिन्छ ।

लिंकडिन लर्निङ (Linkedin Learning)

\"\"
लिंकडिन लर्निङको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । भने आइफोनको लागि यहाँ क्लिक गर्नुहोस ।

लिंकडिन लर्निङ पनि अनलाइन लर्निङको एउटा प्लाटफर्म हो । एकहजार कोर्सहरु यसमा रहेका छन् । जसमा प्रोजेक्ट म्यानेजमेन्ट, वेब डेभल्पमेन्ट, डिजिटल मार्केटिङ लगायतका विविध कोर्सहरु छन् ।

लिंकडिन लर्निङ हुनुभन्दा अगाडी यो ल्यान्डा थियो । यसलाई सन् १९९५ मा ल्यान्डा विइनम्यानले स्थापना गरेका हुन् । जसलाई सन् २०१५ मा लिंकडिनले प्राप्ति गरेको थियो । त्यसैगरी सन् २०१६ मा लिंकडिनलाई पनि माइक्रोसफ्टले प्राप्ति गरी सकेको छ ।

बिट डिग्री (Bit Degree)

\"\"
बिट डिग्रीको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।

बिटडिग्री एउटा अनलाइन लर्निङ प्लाटफर्म हो । जसमा आइटी सम्बन्धि कोर्सहरु पाइन्छन् । विशेस गरेर यसमा वेब डेभल्पमेन्ट, फङ्सनल प्रोग्रामिङ, ल्याङ्वेज, गेम डेभल्पमेन्ट, विजनेश, ई-कमर्स, मार्केटिङ, बल्कचेन, ग्राफिक डिजाइन, डेटा साइन्स, मेसिन लर्निङ, व्यक्तित्व विकास लगायतका कोर्सहरु यसमा पाउन सकिन्छ ।

सन् २०१७ बाट सुरु भएको यसमा ५ लाख भन्दा विद्यार्थिहरु रहेका छन् । बिटडिग्रीले भिलनिस विश्वविद्यालयसँग सहकार्य गरेको छ ।


यी बाहेक अन्य विभिन्न अनलाइन लर्निङ प्लाटफर्महरु छन् । जस्तै युडासिटी, स्कील सेयर, टिचेबल, फ्युचर लर्न आदी । त्यसैगरी तपाईँले गूगल, माइक्रोसफ्ट, अमेजनबाट निशूल्क कोर्स अध्ययन गरेर प्रमाणपत्र पनि प्राप्त गर्न सक्नु हुनेछ ।

नेपालमा पनि स्कुलका विद्यार्थिहरुलाई लक्षित गरेर विभिन्न ई-लर्निङ प्रदान गर्ने कम्पनीहरुले केही समयलाई निशूल्क कोर्स अध्ययन गर्न सकिने सुविधा दिएका छन् । मिदास, निमा एकेडेमी, कारखाना, स्मार्टअर लगायतले बिद्यार्थीहरुलाई डिजिटल लर्निङको लागि १ महिना निशुल्क सब्स्क्रीप्सन प्याकेज उपलब्ध गराएका छन् ।