कीवर्डहरू -

रेमिट्यान्सको रकम लिन बजार धाउनुनपर्ने, प्रभु पे मार्फत सोझै वालेट वा बैंक खातामा जम्मा

हाल लकडाउनको परिस्थितिमा नगद कारोबारभन्दा क्यासलेस कारोबार गर्न उपयुक्त हुने भएकोले पनि प्रभु ग्रुपले यो सेवा संचालनमा ल्याएको छ

रेमिट्यान्सको रकम लिन बजार धाउनुनपर्ने, प्रभु पे मार्फत सोझै वालेट वा बैंक खातामा जम्मा

कोरोनाले आक्रान्त बनिरहेको बिश्वमा डिजिटल पेमेन्ट सेवाहरु भने प्रभावकारी बनिरहेका छन । अब विदेशबाट पठाएको रकम लिनलाइ शहर, चोक वा बैंकहरुमा  पुगिरहनु नै पर्दैन ।

विदेशबाट पठाएको रकम सिधै मोबाइलमा पाइने भएको छ । सेवाग्राहीले ‘प्रभु पे’ वालेट मार्फत घरमै बसी बसी विदेशबाट पठाएको रेमिट्यान्स सुविधा पाउने भएका हुन्।


विदेशबाट पठाएको रेमिट्यान्स ‘प्रभु पे’ मार्फत सिधै बैङ्क खातामा जम्मा गर्न सकिन्छ । ‘प्रभु पे’ मार्फत बैङ्क खाता नहुनेहरुले यदि आफ्नो कारोबार कुनै सहकारीमा रहेका भए त्यसमा समेत रकम स्थानान्तरण गर्न सकिने छ ।

हाल लकडाउनको परिस्थितिमा नगद कारोबारभन्दा क्यासलेस कारोबार गर्न उपयुक्त हुने भएकोले पनि प्रभु ग्रुपले यो सेवा संचालनमा ल्याएको छ । धेरै देशहरुमा अहिले लकडाउनकै अवस्था छ, यस कारण पनि आबश्यकता अनुसारको रकम सोझै मोबाइल वालेट वा बैंक खातामै जम्मा भएपछि सुबिधा हुने नै भयो । यसरि नै ग्राहकलाइ थप सेवा र सुविधा दिन कम्पनीले रेमिट्यान्स सेवालाइ प्रविधिमैत्री बनाएको छ ।


विदेशबाट पठाएको रेमिट्यान्स ‘प्रभु पे’ मार्फत सिधै बैङ्क खातामा जम्मा गर्न सकिन्छ । ‘प्रभु पे’ मार्फत बैङ्क खाता नहुनेहरुले यदि आफ्नो कारोबार कुनै सहकारीमा रहेका भए त्यसमा समेत रकम स्थानान्तरण गर्न सकिने छ ।  यसको लागि बिना अतिरिक्त शुल्क ग्राहकहरूले सेवा लिन सक्छन ।

प्रभु ग्रुपले सेवाग्राहीको हितलाई ध्यानमा राख्दै ल्याएको यस वालेटबाट घरमै बसी बसी सबै प्रकारका भुक्तानीहरू गर्न सकिने छ । जस्तै, मोबाइलको रिचार्ज, खानेपानी, बिजुली बत्ती, इन्टरनेट, टिभीहरुका बिलहरु घरमै बसेर यो वालेट मार्फत सजिलै भुक्तानी गर्न सकिन्छ ।

\"\"

अन्तरास्ट्रिय स्तरमा रेमिट्यान्स र नेपालमा सहकारीको सबैभन्दा ठुलो नेटवर्क भएको प्रभु ग्रुपले आफ्ना लाखौ ग्राहकहरुलाई प्रविधि मैत्री सेवा दिदै आएको छ । यस्ता धेरै सेवा र सुविधाको लागि तपाइले प्रभु पे डाउनलोड गरि डिजिटल पेमेन्ट सेवा संचालन गर्न सक्नुहुनेछ ।