कीवर्डहरू -

कोरोनाबाट प्रभावित देशका प्रयोगकर्ताहरुलाई ‘के सेभेन’ ले साइबर सेक्युरिटीका प्रडक्ट निशूल्क दिने 

प्रयोगकर्ताले आवश्यक प्रडक्ट प्रयोग गर्न आधिकारिक वेबसाइट भिजिट गरि डाउनलोड गर्न  कम्पनीले आग्रह गरेको छ

कोरोनाबाट प्रभावित देशका प्रयोगकर्ताहरुलाई  ‘के सेभेन’ ले साइबर सेक्युरिटीका प्रडक्ट निशूल्क दिने 

साइबर सुरक्षा प्रदान गरिरहेको भारतिय कम्पनी के सेभेन कम्प्युटिङले विश्वभर कोरोना भाइरसको महामारी फैलिएको अबस्थामा साइबर सेक्युरिटीका प्रडक्टहरु निशूल्क दिने भएको छ ।

के सेभेनले आफ्ना साइबर सेक्युरिटीका प्रडक्टहरु निशूल्क दिने जानकारी दिएको हो । अहिले भारतमा आफ्ना प्रडक्टहरु निशूल्क दिएको र नेपाल सहित कोरोना भाइरसबाट प्रभावित विश्वका अन्य देशहरुमा पनि यो सेवा विस्तार गर्ने के सेभेनले बताएको छ ।

\"\"

अहिले भारतमा आफ्ना प्रडक्टहरु निशूल्क दिएको र कोरोना भाइरसबाट प्रभावित विश्वका अन्य देशहरुमा पनि यो सेवा विस्तार गर्ने के सेभेनले बताएको छ ।

महामारीको यो समयमा साइबर आक्रमणको खतरा भएकाले उपभोक्ता तथा विभिन्न संघसंस्थाहरुको सुरक्षाको लागि योगदान दिन आफ्ना प्रडक्टहरु निशूल्क उपलब्ध गराएको के सेभेन कम्प्युटिङले जानकारी दिएको छ ।

के सेभेन टोटल सेक्युरिटी, के सेभेन मोबाइल सेक्युरिटी, के सेभेन क्लाउड इन्ड पोइन्ट सेक्युरिटी लगायतका के सेभेन साइबर सेक्युरिटीका प्रडक्टहरु निशूल्क दिएको छ ।

नेपालमा पनि यी प्रडक्टहरु केहि समयको लागि नि:शुल्क उपलब्ध गराइने नेपालको आधिकारिक वितरक कम्प्युटर प्लानेटले जनाएको छ । प्रयोगकर्ताले आवश्यक प्रडक्ट प्रयोग गर्न आधिकारिक वेबसाइट www.k7computing.com भिजिट गरि डाउनलोड गर्न  कम्पनीले आग्रह गरेको छ

\"\"

यी प्रडक्टहरु कम्प्युटर, मोबाइल तथा इन्डपोइन्ट सुरक्षाको लागि प्रयोग गर्न सकिने छ ।  के सेभेन ल्याब्सको रियल वर्ल्ड टेलिमेट्री डेटा अनुसार फेब्रुअरी २ देखि मार्च २५ सम्म ३० प्रतिशतले साइबर आक्रमणमा वृद्धि भएको कम्पनीले बताएको छ ।