कीवर्डहरू -

यसरी लिनुहोस कम्प्युटरमा स्क्रीन सट, यी हुन् तीन तरिका

कम्प्युटरमा स्क्रीन सट कसरी लिने भनेर थाहा पाउनु भएको छैन्

यसरी लिनुहोस कम्प्युटरमा स्क्रीन सट, यी हुन् तीन तरिका

तपाईँहरु प्राय सबैले प्रयोग गर्नुहुन्छ होला कम्प्युटर । तर कम्प्युटरमा स्क्रीन सट कसरी लिने भनेर थाहा पाउनु भएको छैन् । भने हामी तपाईँलाई कम्प्युटरमा कसरी स्क्रीन सट लिने भनेर जानकारी दिदैछौं ।

तपाईंले यी तीन तरिकाबाट थर्ड पार्टी सफ्टवेयरको प्रयोग बिना स्क्रीन सट लिन सक्नु हुनेछ ।

सटकट की

\"\"
सटकट की को प्रयोग गरेर कम्प्युटरमा स्क्रीन सट लिन सक्नु हुनेछ । जसको लागि किबोर्डमा विन्डोज की र प्रिन्ट स्क्रीन की थिच्नु होस ।

यो तरिकाबाट स्क्रीन सट लिएपछि कम्प्युटर वा दिस पीसीमा गएर पिक्चर भन्ने अप्सनमा जानुहोस । त्यहाँ गई सकेपछि स्क्रीन सट फोल्डर भित्र तपाईंले लिएको स्क्रीन सट पाउनु हुनेछ ।

स्निपीङ टुल

\"\"
यो सफ्टवेयर विन्डोजमा उपलब्ध रहेको छ । यो पहिले नै हुन्छ तपाईँले डाउनलोड गर्न पर्दैन । सुरुमा यो सफ्टवेयरलाई ओपन गर्नुहोस ।

त्यसपछि तपाईंले न्यूमा क्लिक गरेर जुन भागको स्क्रीन सट लिन चाहानु हुन्छ त्यो भागको स्क्रीन सट लिन सक्नु हुनेछ । यसरी लिएको स्क्रीन सट पनि तपाईंले कम्प्युटरको पिक्चर अप्सनमा पाउनु हुनेछ ।

प्रिन्ट स्क्रीन  की

\"\"
प्रिन्ट स्क्रीन किको सहयोगबाट पनि तपाईंले स्क्रीन सट लिन सक्नुहुन्छ । जसको लागि स्क्रीन सट लिने भाग ओपन गरी प्रिन्ट स्क्रीन की थिच्नुहोस । त्यसपछि तपाईले कम्प्युटरको पेन्ट सफ्टवेयर खोल्नुहोस ।

पेन्ट सफ्टवेयर पनि डाउनलोड गर्नु पर्दैन कम्प्युटरमा नै हुन्छ । पेन्ट सफ्टवेयर खुलेपछि कन्ट्रोल भि प्रेस गर्नुहोस । प्रेस गरेपछि तपाईँले सेभ गरेरे प्रयोग गर्न सक्नु हुनेछ ।