कीवर्डहरू -

अब उपभोक्ताले अनलाइन, फोन र च्याटबाटै गुनासो दर्ता गर्न सक्ने

कम्प्लेन म्यानेजमेन्ट सिस्टम सुरु !

अब उपभोक्ताले अनलाइन, फोन र च्याटबाटै गुनासो दर्ता गर्न सक्ने

सरकारले वाणीज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्तर्गत उपभोक्ता अधिकार व्यवस्थापन सूचना प्रणाली (सीआरएमआइएस) सञ्चालनमा ल्याएको छ ।

उपभोक्ताको गुनासो तथा उजुरी लिएर कारबाही अगाडी बढाउन र कालोबजारी नियन्त्रण गर्न विभागले सीआरएमआइएस सञ्चालनमा ल्याएको हो । बिभागले जारि गरेको वेब पोर्टलमा प्राप्त गुनासोहरुको बारेमा जानकारी दिएको छ । गुनासो गरिएको बिषयहरु वेबसाइटमा लिस्टिंग गरिएको छ भने प्राप्त गुनासो  समाधान के के भयो भन्ने कुरा पनि उल्लेख गरिएको छ ।

गुनासो गरिएको बिषयहरु वेबसाइटमा लिस्टिंग गरिएको छ भने प्राप्त गुनासो  समाधान के के भयो भन्ने कुरा पनि उल्लेख गरिएको छ ।

आजसम्म ६०१ जनाको गुनासो प्राप्त भएको र त्यसमा ७५ प्रतिशत गुनासो फर्छ्यौट गरिएको र ५ प्रतिशत समाधान भएको जनाइएको छ । उपभोक्ताले अनलाइन, फेसबुक, ट्विटर, फोन, भाइबर, इमोबाटै उजुरी तथा गुनासो दर्ता गर्न सक्नेछन् । सबैभन्दा बढी गुनासो फेसबुक मार्फत प्राप्त भएको पनि जानकारी दिएको छ ।

\"\"

वेब मार्फत आफुले गरेको गुनासोको स्थिति समेत थाहा पाउन सकिने छ । अहिलेसम्म  यी विभिन्न माध्यमबाट गुनासोहरु पेश गर्न सक्नुहुनेछ ।

उपभोक्ता अधिकार व्यवस्थापन सूचना प्रणालीको वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस ।

ट्विटरमा जना यहाँ क्लिक गर्नुहोस

फेसबुक पेजमा गएर पनि गुनासो लेख्न सकिनेछ, त्यसको लागि यहाँ क्लिक गर्नुहोस

फोन, भाइबर र इमोबाट पनि गुनासो पठाउन सकिन्छ, त्यसको लागि यो न. प्रयोग गर्नुहोस :  9851180959