कीवर्डहरू -

सामसुङको जे सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन जे २ फोरजी एडिसन सार्वजनिक

सामसुङको जे सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन जे २ फोरजी एडिसन सार्वजनिक

सामसुङ नेपालले नेपाली बजारमा जे सिरिजको नयाँ स्मार्टफोन समसुङ ग्यालेक्सी जे २ फोरजी इडीसन सार्बजनिक गरेको छ । जे सिरिज फेमिलिमा भर्खरै प्रवेश गरेको यो नयाँ स्मार्टफोनले कस्टमरलाई सुपर फास्ट इन्टरनेट कनेक्टीभिटी तथा फास्ट डाउनलोड सुविधा प्रदान गर्ने कम्पनिले जनाएको छ । त्यसकारण समसुङले ग्यालेक्सी जे २ मा फोरजी एडीसन् सार्वजनिक गरेको हो ।

सामसुङ ग्यालेक्सी जे २ मा ४.७ इन्च क्युएचडी सुपर एमोलेड स्क्रिन रहेको छ । यसबाट फोटो तथा भिडीयोहरु हेर्न तथा ४ जी बाट इन्टरनेट चलाउँदा भाइब्रेन्ट कलर सहित आनन्दको अनुभव प्राप्त गर्न सकिन्छ । यसका साथै यसमा पावरफुल १.३ जीएचजेड क्वाडकोर प्रोसेसर तथा १ जीबी र्याम रहेको छ ।

जे सिरिजको यो नयाँ ४ जी एडीसनमा एफ/२.२ एपर्चर तथा एलईडी फ्ल्यास लाइट सहितको ५ मेगापिक्सेलको रियर तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । यसबाट लो लाइटमा पनि भिडियो कलिङ तथा सेल्फीको राम्रो एक्सपेरियन्स लिन सकिन्छ । यसमा पाम सेल्फी मुड समेत रहेको छ ।

८.४ एमएमको सामसुङ ग्यालेक्सी  जे २ फोरजी एडीसन पातलो नरम तथा गोलाकार किनाराको कारण सहजै हातमा लिन सकिन्छ । नेपाली बजारमा गोल्ड तथा ब्ल्याक कलरमा उपलब्ध यो स्मार्टफोनको नेपाली मूल्य रु ११ हजार २ सय ९० तोकिएको छ ।