कीवर्डहरू -

नेपाल प्रहरीको मोबाइल एपबाटै कोरोना सम्बन्धी जानकारी दिन सकिने

आवश्यकता अनुसार इमेज, भिडिओ, अडियो अपलोड गरी केही लेख्नु पर्ने भए लेखेर पठाउन सकिने

नेपाल प्रहरीको मोबाइल एपबाटै कोरोना सम्बन्धी जानकारी दिन सकिने

नेपाल प्रहरीको मोबाइल एपबाट कोरोना भाइरसको जानकारी दिन सकिने भएको छ ।

लकडाउनको उल्लंघन भएमा, लकडाउन भएको अबस्थामा कालोबजारी भएमा, आफु वा छर छिमेक कसैलाई कोरोना भाइरसको लक्षण देखिएमा तथा सेल्फ क्वारेन्टाइनमा रहेको सूचना र लकडाउनले गर्दा आफु कुनै समस्यामा परेमा त्यसको जानकारी नेपाल प्रहरीको मोबाइल एपबाट दिन सकिने भएको हो ।

यसरी दिनुहोस जानकारी

\"\"

जानकारी दिनको लागि सबैभन्दा पहिले प्ले स्टोर तथा एप स्टोरबाट नेपाल प्रहरीको मोबाइल एप डाउनलोड गर्नुपर्ने छ । डाउनलोड गरेपछि एप इन्स्टल गरी रजिष्टर गर्नुहोस । रजिष्टर गरीसेकेपछि रिपोर्ट इन्सिडेन्समा क्लिक गर्नुहोस ।

रिपोर्ट इन्सिडेन्समा क्लिक गरेपछि कोरोना सम्बन्धि (कोभिड १९) मा क्लिक गर्नुहोस । त्यसपछि आवश्यकता अनुसार इमेज, भिडिओ, अडियो अपलोड गरी केही लेख्नु पर्ने भए लेखेर पठाउन सकिने छ ।

\"\"

एपबाट कुनै जानकारी पठाउदा घटनाको लोकेसन समेत सेट गरेर पठाउन सकिने छ । सबमिट गरिसकेपछि प्रोसीडमा क्लिक गरी ओकेमा क्लिक गर्नु पर्नेछ ।

नेपाल प्रहरीको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस भने आइफोनको लागि यहाँ क्लिक गर्नुहोस ।

साथै प्रहरीको मोबाइल एपबाट घरेलु हिंसा, अपहरण, लागु ओषध, यौनजन्य अपराध, सवारी दुर्घटना, मानिस हराएको, ज्यान सम्बन्धी, हातहतियार तथा बिस्फोटक पदार्थ लगायत अन्य विविध विषयको फोटो, भिडियो, अडियो अपलोड गरी घटनाको लोकेसन समेत सेट गरेर जानकारी दिन सकिने छ ।

\"\"

एपबाटै मेट्रो ट्राफिक एफएम सुन्न, आफु नजिकको प्रहरी स्टेसन थाहा पाउन, अस्पताल, एमबुलेन्स, ब्लड बैंक, दमकल लगायतलाई फोन गर्न तथा प्रहरी सम्बन्धी अन्य जानकारी लिन सकिने छ ।

\"\"