कीवर्डहरू -

 विद्यार्थिको सहजताको लागि टेक्सास कलेजले अनलाइन कक्षा सुरु गर्दै

 विद्यार्थिको सहजताको लागि टेक्सास कलेजले अनलाइन कक्षा सुरु गर्दै

काठमाडौंको टेक्सास कलेजले चैत २३ गतेबाट अनलाइन कक्षा सुरु गर्ने भएको छ । विद्यार्थिले सहजताको लागि घरमै बसेर पढ्न पाउने व्यवस्था कलेजले गर्न लागेको हो ।

भर्चुअल कक्षाको लागि चाहिने सम्पूर्ण तयारी पुरा भइसकेको कलेजका आइटी इन्चार्ज ओमकार बस्नेतले जानकारी दिएका छन् ।

कलेजका प्रिन्सिपल भेष राज पोख्रेलले बिद्यार्थीको  खालि समयलाई सही ढंगबाट उपयोग गराउनुको साथै जस्तो अवस्थामा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न कलेज तयार रहेको भन्दै यो सुविधा सुरु गरेको बताएका छन्

हाललाई अनलाईन कक्षा ब्याचलर पढिरहेका आइटीका बिद्यार्थीको लागि मात्रै रहेको र आगामी दिनमा सम्पूर्ण संकायमा अनलाइन कक्षा सुरु गर्ने कलेजका आइटी प्रमुख सुमन थपलियाले बताए ।

कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएको यो अवस्थामा  सम्पूर्ण बिद्यार्थीले  कलेजको यो  कदमलाई सहर्ष अबलम्बन गर्ने पक्षमा कलेज परिवार निश्चिन्त रहेको कुरा कलेजका भाइस प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।