कीवर्डहरू -

सरकारलाई कोरोना रोकथामको लागि दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ दिने

सरकारलाई कोरोना रोकथामको लागि दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ दिने

नेपाल दूरसञ्चार प्राधिकरणले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

बुधबार बसेको नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले कोषमा १५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न सरकारी तथा निजी संघसंस्थाहरुले सहयोग गरिरहेका छन् ।