कीवर्डहरू -

ओटीस मार्फत अनलाइनबाटै लोकसेवा आयोग र चाटर्ड एकाउन्टेंन्सी परिक्षाको तयारी

ओटीस मार्फत अनलाइनबाटै लोकसेवा आयोग र चाटर्ड एकाउन्टेंन्सी परिक्षाको तयारी

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण र हाम्रो सुरक्षाको लागि सरकारबाट घोषणा गरिएको तत्कालको लकडाउनको अवस्थाले हामी सबैको जनजीवन प्रभावित भएकोछ । अहिलेको अवस्थालाई मध्यनजर गर्दै यो लकडाउनको समयलाई प्रभाकारी बनाउन खल्तिले OTTISH सँग सहकार्य गरेको छ । विभिन्न विधाका तयारी कक्षा अनलाईन माध्यमबाट आफ्नो अनुकुल समयमा घरबाटै लिनको लागि OTTISH प्लेटफर्मले सहयोग गर्ने बताइएको छ ।

बिजहब आई.टि. सर्भिस प्रा.लि. को OTTISH प्लेटफर्म मार्फत शैक्षिक सामग्रीहरु प्रदान गर्न खल्ती भुक्तानी सेवा प्रदायकले सहज बनाएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञहरुद्वारा तयार पारिएका शैक्षिक सामग्रीहरुलाई  भिजुअल लर्निंगमा विशेष ध्यान पुर्याउदै परम्परागत तरिकाले संचालित शैक्षिक संस्थाहरु भन्दा  ७५ प्रतिशत  न्यून शुल्कमा नै परिक्षाको तयारी गर्न सकिने खल्तिले जनाएको छ ।

OTTISH मार्फत थप २५ प्रतिशत  सम्मको छुट सहित खल्तीबाट भुक्तानी गर्दा थप रु. १०० सम्मको क्यासव्याक पाउनुहुनेछ । लोकसेवा, चाटर्ड एकाउन्टेंन्सी तथा ई.पी.एस. अन्तर्गतका कोरियन भाषाको सम्पूर्ण तयारि कक्षा लिन वेबसाईट http://ottish.com मा खाता खोली आफुले छान्नु भएको तयारी कक्षाको भुक्तानी  खल्ती मार्फत गर्न सकिनेछ ।