कीवर्डहरू -

एनटिसीको १२ करोड रुपैया कोरोना नियन्त्रण कोषमा, एनटिए र एनसेलको १५ र १० करोड सहयोग

एनटिसीको १२ करोड रुपैया कोरोना नियन्त्रण कोषमा, एनटिए र एनसेलको १५ र १० करोड सहयोग

 कोरोना संकटको बेला विभिन्न सस्थाहरुले सरकारलाई सहयोग गरिरहेका छन । सरकारले स्थापना गरेको कोरोना नियन्त्रण विशेष कोषमा नेपाल टेलिकमको तर्फबाट १२ करोड सहयोग गरेको छ । 


आज नेपाल टेलिकमले सरकारको कोषमा १२ करोड सहयोग गरेको जनाएको हो । प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग हस्तान्तरण गरेको नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लिराम अधिकारीले जानकरी दिए । यसमध्ये २ करोड टेलिकमका कर्मचारीको तलबबाट र १० करोड कम्पनीको तर्फबाट सहयोग गरिएको हो । 


यसैगरी हिजो (वुधवार) नेपाल दुरसञ्चार प्राधिकरणले एक निर्णय गर्दै सरकारले स्थापना गरेको राहत कोषमा १५ करोड सहयोग गर्ने जनाएको थियो । निजी क्षेत्रको सेवा प्रदायक एनसेलले १० करोड रुपैया यसअघि नै सहयोग गरिसकेको छ । दुरसञ्चार क्षेत्रका अन्य नीजि सस्थाहरुले पनि कोषमा रकम जम्मा गर्ने तयारी गरिरहेका छन । विभिन्न बैंक र कर्पोेरेट हाउसहरुले पनि सहयोग गर्ने क्रम जारी छ । अहिलेसम्म सबैभन्दा बढि रकम नेपाल आयल निगमले रु ५० करोड सहयोग गरेको जनाएको छ ।