कीवर्डहरू -

लकडाउनमा निमा एकेडेमीको कोर्सहरु निशूल्क 

१ कक्षा देखि ५ कक्षासम्म र १० कक्षाका विद्यार्थिलाई कोर्स निशूल्क

लकडाउनमा निमा एकेडेमीको कोर्सहरु निशूल्क 

यतिबेला विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ । कोरोना भाइरसको संक्रमण रोक्नको लागि नेपालमा पनि सरकारले देशभर लकडाउनको घोषणा गरेको छ ।

कोरोना भाइरसले गर्दा यतिबेला देशभरका शैक्षिक संस्था पनि बन्द रहेका छन् । यस्तो अवस्थालाई ध्यानमा राखेर निमा एकेडेमीले १ कक्षा देखि ५ कक्षासम्म र १० कक्षाका विद्यार्थिलाई कोर्स निशूल्क प्रदान गरेको छ ।

निमा एकेडेमीले निशूल्क गरेको कोर्स निमा एकेडेमीको मोबाइल एपबाट पढ्न सकिने छ । निमा एकेडेमीको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । भने आइफोनको लागि यहाँ क्लिक गर्नुहोस ।