कीवर्डहरू -

घरमा औषधि चाहियो ? ‘दबाई २४’ लाई सम्झिनुहोस्   

मोबाइल एपबाट डाक्टरको पुर्जीको फोटो अपलोड गरेर औषधि अडर

घरमा औषधि चाहियो ? ‘दबाई २४’ लाई सम्झिनुहोस्   

के तपाईँलाई घरमै औषधि वा अन्य स्वास्थ्य सम्बन्धि सेवा चाहिएको छ । यदि त्यसो हो भने ‘दबाई २४’ ले   तपाईको समस्या समाधान गर्नेछ । अब दबाई २४ बाट घरमै औषधि आइपुग्छ ।

मोबाइल एपबाट डाक्टरको पुर्जी (प्रिस्किप्सन) को फोटो अपलोड गरेर वा डाक्टरको पुर्जी छैन भने कुन औषधि आवश्यक छ औषधिको नाम पेपरमा लेखेर फोटो पठाएर औषधि अडर गर्न सकिन्छ । खोजेको औषधि एपमा सर्च गर्दा भेटीयो भने पेपरमा लेखेर नपठाउदा पनि हुन्छ ।

औषधि मात्र नभएर ब्लड स्वास्थ्य सम्बन्धि कुनै सामग्री चाहिएमा त्यसको डेलिभरी गरिदिने कम्पनीले बताएको छ । कम्पनीले रगत परीक्षणको सुविधा पनि प्रदान गरिरहेको छ । रगतको नमुना लिन घरमै आउने र रगत परीक्षण गरेको रिपोर्ट डेलिभरी, इमेल अथवा मोबाइल एपमा पाउन सकिने छ ।

आगामी दिनमा अनलाइनबाटै चिकित्सकको अपोइन्टमेन्टका साथै घरमै नर्सिङ सेवा दिने योजना रहेको कम्पनी  प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आदर्श कार्की बताउँछन् ।

उनि भन्छन् पाँचसय भन्दा माथिको डेलिभरी हामीले निशूल्क गरेका छौँ भने पाँचसय भन्दा मुनिको डेलिभरीमा हामीले ५० रुपैयाँ डेलिभरी चार्ज लिने गरेका छौं ।

दबाई २४ को सेवा अहिले काठमाडौं उपत्यकामा मात्रै उपलब्ध छ । उपत्यका बाहिरका शहरमा पनि सेवा पुर्‍याउने कम्पनीको योजना रहेको छ । एपमा नोटिफिकेसन, रिमाइन्डर, अपलोड गरेको प्रिस्किप्सन तथा रिपोर्ट हेर्न सकिने सुविधा रहेको छ ।

छिटै होल बडि चेकअपको सुविधा पनि सुरु गर्न लागेको कम्पनीले बताएको छ । भविष्यमा बिकट तथा औषधिको अभाब हुने ठाउँमा पनि सेवा दिने कम्पनीको योजना रहेको कार्कीले बताएका छन् ।

दबाई २४ को मोबाइल एप एन्ड्रोइड तथा आइओएस दुबैमा उपलब्ध रहेको छ ।   एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस भने आइफोनको लागि यहाँ क्लिक गर्नुहोस ।