कीवर्डहरू -

कोरोना नियन्त्रणमा यसरी भइरहेको छ प्रविधिको प्रयोग 

नयाँ प्रविधिहरुको प्रयोगबाट यसको नियन्त्रण तथा बिरामीको उपचार सम्भव

कोरोना नियन्त्रणमा यसरी भइरहेको छ प्रविधिको प्रयोग 

चीनको वुहान सहरबाट शुरु भएको कोराना भाइरस (कोभिड-१९) अहिले विश्वका धेरै देशमा फैलिसकेको छ । कोरोना भाइरसले यतिबेला विश्वमा महामारीको रुपनै लिएको छ ।

चीनले कोरानाप्रति आफ्नो प्रतिक्रिया सुरु गरेपछि नयाँ प्रविधिहरुको प्रयोगबाट कसरी यसको नियन्त्रण तथा बिरामीको उपचार सम्भव छ भन्नेतर्फ विश्वको ध्यान आकर्षित भयो ।

बलियो प्रविधि क्षेत्र विशेष गरी आर्टीफिसियल इन्टेलिजेन्स (एआई), डाटा साइन्स तथा महामारीको ट्रयाकिङ आदिले कोरोनासँग लड्न सहयोग गरेको छ ।

विश्वका ठुला प्रविधि कम्पनी अलिबाबा, हुवावे र बाइडु जस्ता कम्पनीले पनि यसमा साथ दिएका छन् । प्रविधि उद्यमीहरु क्लिनिसियन, एकेडेमीक्स र सरकारी निकायसँग मिलेर कोरोना रोक्न एकीकृत भइरहेका छन् । किनकी कोरोना अहिले विश्वका धेरै देशमा फैलिएर सबैभन्दा ठूलो त्रास निम्त्याएको छ ।

फोर्ब्समा बर्नाड माडले आफ्नो लेखमा उल्लेख गरे अनुसार एआई, डेटा साइन्स र प्रविधि कोरोना भाइरसलाई रोक्न तथा व्यवस्थित गर्न प्रयोग भइरहेका छन् । यी दश प्रविधि तथा तरिकाहरु यस प्रकार छन् ।

पहिचान गर्न, ट्रयाक गर्न, प्रकोप पूवार्नुमान गर्न एआईको प्रयोग

हामीले भाइरसलाई ट्रयाक गर्न पनि सक्छौं र यससँग लड्न पनि सक्छौं । न्यूज रिपोर्ट, सामाजिक सञ्जाल, सरकारी कागजातहरु विश्लेषण गरेर एआईले प्रकोप पत्ता लगाउन सक्छ ।

एआईको प्रयोग गरेरे सरुवा  रोगहरुको जोखिमलाई ट्रयाकिङ गरी वास्तविक सेवा क्यानाडियन स्टार्टअप बुलुडटले प्रदान गर्छ ।

वास्तवमा बुलुडटको एआईले रोग नियन्त्रण तथा रोकथाम केन्द्र वा विश्व स्वास्थ्य संगठनले चेतावनी दिनुभन्दा धेरै दिन अगाडी यसले चेतावनी दिन्छ ।

भाइरस डाइगोनोसिस गर्न एआईको प्रयोग

एआई कम्पनी इन्फेरभिजनले कोरोना भाइरस एआई सोलुसन सार्वजनिक गर्‍यो, जसले फ्रन्टलाइन हेल्थकेयर कामदारहरुलाई रोग पत्ता लगाउन तथा प्रभावकारी निगरानीको लागि सहयोग गर्छ ।

चीनको ई-कर्मश कम्पनीले अलिबाबाले पनि एआई डाइगोनोसिस सिस्टम निर्माण गरेको छ, जसले केही सेकेण्डमै भाइरस डाइगोनोसिसमा ९६ प्रतिशत वास्तविक जानकारी दिने उनीहरु दाबी गर्छन् ।

स्वास्थ्य सेवा प्रक्रियाको दाबी

यो केवल स्वास्थ्य सेवाको क्लिनिकल अपरेसन मात्र होइन । यसका व्यवसायहरु र प्रशासनिक डिभिजनहरु पनि हुन् । किनकी उनिहरु विरामीको बढ्दो व्यवहारसँग सम्बन्धित छन् । यसको तथ्यांक राख्न सोही अनुसार विरामीलाई ट्रिट गर्न पनि प्रविधिको प्रयोग भइरहेको छ ।

ब्लचेन प्लाटफर्मले बिरामी प्रोसेसिङलाई छिटो र बिरामीसँग अस्पतालको स्टाफ वा नर्सले फेस टु फेस अन्तर्क्रिया गर्नुपर्ने कुरालाई सहजीकरण गर्छ ।

मेडिकल आपुर्ति पुर्‍याउन ड्रोन

प्रकोप भएको ठाउँमा मेडिकल आपूर्ति पुर्याउने यो सबैभन्दा छिटो र सुरक्षित तरिका हो । कम जोखिमका साथ ड्रोनले मेडिकल नमुना तथा क्वारेन्टाइनका सामाग्रीहरु पुर्‍याउन धेरै सहयोग गर्छ ।

ड्रोनहरु सार्वजनिक ठाउँहरुमा गस्ती गर्न, क्वारेन्टाइनको पालन भएको छ कि छैन ट्रयाक गर्न र थर्मल इम्याजिङको लागि प्रयोग गर्न सकिन्छ ।

किटाणु रहित खाना तथा आपुर्ति पुर्‍याउन र अन्य काम गर्न रोबोटको प्रयोग

रोबोट भाइरसहरुको लागि खतरा हुँदैन । त्यसैले मानिस मानिसको सम्पर्क कम गर्न रोबोटहरुले सफा र किटाणु रहित खाना तथा औषधिहरु पुर्‍याउन सक्छन् ।

ब्लू ओसियन रोबोटिक्सको युभिडी रोबोटले ब्याक्टेरिया तथा भाइरसलाई स्वतन्त्र रुपमा मार्न सक्छ ।

औषधिको विकास

गूगलको डिपमाइन्ड डिभिजनले एआई एल्गोरिदम र कम्प्युटिङ पावरको मद्दतले भाइरस बनाउन सक्ने प्रोटिनहरु बुझ्न र अन्य उपचारको विकास गर्न सहयोग पुर्‍याउने खोजहरु प्रकाशित गर्न प्रयोग गर्न सकिन्छ ।

बेने भोलेन्ट एआईले औषधि बनाउन यस्तो एआई सिस्टमको प्रयोग गर्दछ । जो विश्वको खतरानाक रोगसँग लड्न सक्छ ।

अहिले यसले कोरोना भाइरसको उपचार गर्ने प्रयासलाई सहयोग गरिरहेको छ । यसले पहिलो पटक  सरुवाको रोगहरुमा आफ्नो उत्पादनलाई केन्द्रीत गरेको छ ।

सुरक्षाको लागि एडभान्स कपडा प्रदान

इजरायली स्टार्टअप कम्पनी सोनिभिया जस्ता कम्पनीहरुले स्वास्थ्य सेवा प्रणाली तथा एन्टी प्याथोजिन तथा एन्टी ब्याक्टेरियल कपडाबाट बनेको फेस मास्क लगाउन सकिने गरी विकास गरिरहेको छ। जो धातु अक्साइड न्यानो पार्टीकल्समा निर्भर रहन्छ ।

संक्रमित व्यक्ति पहिचान गर्न एआई

चीनले अनुहार पहिचान गर्न र तापक्रम पत्ता लगाउने सेन्स टाइम सफ्टवेयरले मानिसलाई ज्वरो हुन सक्छ र भाइरस हुने बढी सम्भावना रहेको मानिसलाई पहिचान गर्न सक्ने प्रविधि प्रयोग गरेको थियो ।

चीनले हेल्थ कोड भन्ने मोनिटरिङ सिस्टमको पनि विकास गरेको छ । जसलाई ठुलो डेटा पहिचान गर्न प्रयोग गर्न सकिन्छ ।

यसले प्रत्येक व्यक्तिको ट्राभल यात्राको इतिहासको आधारमा मूल्याङकन गरी जोखिम पनि पहिचान गर्न सक्छ ।

जानकारी प्रदान गर्नको लागि च्याटबट

च्याटबटको सहयोगले स्वास्थ्यले सम्बन्धि जाकारीहरु निःशुल्क जनतालाई शेयर गर्न सकिन्छ । च्याटबट तथा सामाजिक सञ्जालहरु यात्रा र पर्यटन उद्योगमा आवश्यक सञ्चार उपकरण भएका छन् ।

सामाजिक सञ्जालको माध्यमबाट जानकारी सबैमाझ पुर्‍याउन सहज भएको छ । इन्टरनेट र च्याटबटको प्रयोगले सचेतना तथा जानकारी छिटो पुर्‍याउन सहज भएको छ ।

कोरोना भाइरसको भ्याक्सिनमा काम गर्दै सुपर कम्प्युटर

क्लाउड कम्प्युटिङ स्रोतहरु तथा सुपर कम्युटरहरु भाइरसको भ्याक्सिन वा खोपको छिटो विकास गर्नको लागि अनुसन्धानकर्ताहरुले प्रयोग गरिरहेका छन् ।

यी सिस्टमहरु क्यालकुलेसन तथा मोडेल सोलुसनको लागि अरु स्ट्यान्डर्ड कम्प्युटरभन्दा छिटो हुन्छन् । कोरोना भाइरस विश्वभर फैलिरहेको अवस्थामा एआई र डेटा साइन्स लगायत प्रविधिले समाजलाई प्रभावकारी रुपमा रोगको सामना गर्न सहयोग पुर्‍याउँछ ।