कीवर्डहरू -

नोकिया फोनको वारेन्टि म्याद थप लम्बियो

नोकिया फोनको वारेन्टि म्याद थप लम्बियो

नोकिया ले हाल COVID-19 कोरोना भाइरसले श्रृजना गरेको परिस्थितिको कारण आफ्नो रिपेयर एण्ड रिटन्र्स् सेवा (मर्मत तथा अन्य सेवा) को वारेन्टिमा ४५ दिनको म्याद थप गरेको जानकारी दिएको छ ।


तसर्थ यस COVID-19 कोरोना भाइरसले श्रृजना गरेको विषम परिस्थितिलाई मध्यनजर गर्दै ग्राहकहरुमाझ आफ्नो बाचालाई कायम राख्न, आफ्ना ग्राहकवर्गहरुका लागि नोकिया फोनको वारेन्टी अवधी थप ४५ दिनको लागी लम्ब्याएको छ ।  यो समय अवधि १५ मार्च, २०२० देखि १५ अप्रिल, २०२० सम्म वारेन्टि म्याद समाप्त भएका फिचर फोन तथा स्मार्टफोनहरुको वारेन्टिमा लागू गरिएको छ ।


उदाहरणका लागि, यदि प्रयोगकर्ताको फोनको वारेन्टि म्याद १५ मार्च, २०२० मा समाप्त हुन्छ भने नयाँ म्याद समाप्ति ३० अप्रिल, २०२० हुनेछ ।
नोकिया मोबाइलको नेपालको लागि आधिकारीक वितरक टेलिटक प्रा. लि. का अनुसार नोकिया फिचर फोनहरु तथा नोकिया c1 स्मार्टफोन मा ३६५ दिनको रिप्लेसमेन्ट ग्यारेन्टिको सुबिधा दिदैं आएको जानकारी दिएको छ ।