कीवर्डहरू -

अनलाइन कक्षा सञ्चालन गर्न सरकार र विश्वविद्यालयहरुलाई सिफ्यानको ध्यानाकर्षण 

अनलाइन कक्षा सञ्चालन गर्न सरकार र विश्वविद्यालयहरुलाई सिफ्यानको ध्यानाकर्षण 

कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल(सिफ्यान)ले कोरोना नियन्त्रणको लागि सरकारले गरेको लकडाउनलाई समर्थन गर्दै अनलाइन लर्निङलाई सुचारु गर्ने जनाएको छ । कोराना महामारीको कारणले विश्वविद्यालयको शिक्षण सस्थाहरु ठप्प छन । यसले दुरगामी असर पर्ने जनाउदै एसोसिएसनले यसतर्फ ध्यानाकर्षण गराउदै अनलाइन शिक्षालाई प्रवद्धन गर्न जोड दिएको छ ।


शिक्षण सस्थाको नयाँ शत्रको पठनपाठन, एसइइी, कक्षा ११ र १२ को परिक्षा समेत ठप्प हुनसक्ने सम्भावनातर्फ एसोसिएसनको ध्यानाकर्षण भएको जनाइएको छ । सिफ्यानका तर्फबाट महासचिव रमेश रिमालले एक विज्ञप्ती जारी गर्र्दै एसोसिएसनको ध्यानाकर्षण गराएका हुन ।

एसोसिएसनले यस परिस्थितीमा अब अनलाइन कक्षा तथा इ लर्निङ मार्फत कक्षाहरु सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ । इ लर्निङ तथा अनलाइन कक्षाको लागि आवश्यक प्राविधिक विज्ञ तथा शिक्षकहरु उपलब्ध गराई सहयोग गर्न सिफ्यान तयार रहेको विज्ञप्तीमा जनाइएको छ ।

नेपालमा अहिले केहि कलेजहरुले आफ्नै पहलमा अनलाइन कक्षा संचालन गर्दै आएको छन । खुल्ला बिश्वबिध्यालयले पनि सबै कोर्षहरु अनलाइन मार्फत नै संचालन गर्दै  आएको छ ।

\"\"