विश्वमा कोरोना भाइरसले महामारीको रुप लिएको बेला लोकप्रिय कार निर्माता कम्पनी टेस्लाले कारको पार्टसबाट भेन्टीलेटर निर्माण गरेको छ ।
सोमबार एक भिडिओ सार्वजनिक गर्दै टेस्लाले भेन्टीलेटरको प्रोटोटाइप निर्माण गरेको जानकारी दिएको हो । प्रोटोटाइपमा सस्पेन्सन एयर ट्यांकलाई अक्सिजन चेम्बरको रुपमा प्रयोग गरेको छ ।
यो मोडल इन्फोटेनमेन्ट सिस्टमबाट संचालित रहेको छ, जसले एयर फ्लो मनिफोल्ड र टच स्क्रीन मोनिटर नियन्त्रण गर्दछ । जहाँ डाक्टर तथा नर्सले बिरामीको श्वासको इतिहास ट्रयाक गर्न सक्छन् ।