कीवर्डहरू -

लकडाउनमा आइटी तथा साइन्सका कोर्सहरु निःशूल्क दिदै ‘अनलाइन कक्षा’

सम्पूर्ण कोर्सहरु साइनअप नगरेर निशूल्क पढ्न सकिने छ ।

लकडाउनमा आइटी तथा साइन्सका कोर्सहरु निःशूल्क दिदै ‘अनलाइन कक्षा’

विश्वमा कोरोना भाइरसले महामारीको रुप लिएको बेला नेपालमा पनि त्यसको असर परेको छ । देश २ हप्ता देखि लकडाउनमा छ ।

जसको कारण देशभरका शैक्षिक संस्था, उद्योग, कल कारखाना बन्द छन् । शैक्षिक संस्था बन्द हुदा हजारौ विद्यार्थिलाई असर परेको छ ।

यही कुरालाई ध्यानमा राख्दै ‘अनलाइन कक्षा’ ले आफ्नो सम्पूर्ण कोर्सहरु निःशूल्क गरेको छ । अनलाइन कक्षामा भएका सम्पूर्ण कोर्सहरु साइनअप नगरेर निशूल्क पढ्न सकिने छ ।

अनलाइन कक्षामा इन्ट्रान्स तयारी कोर्स, सी प्रोग्रामिङ, पीएचपी तथा माइएसक्युएल कोर्स, गणित, फिजिक्स, बायोलोजी तथा क्यामेस्ट्री लगायतका कोर्सहरु रहेका छन् ।

यी कोर्सहरु तपाईँले निःशूल्क अध्ययन गर्न सक्नु हुनेछ । अन्य कोर्सहरु पनि रेकर्ड भइरहेको र छिटै अपलोड गर्न कम्पनीले बताएको छ । यी कोर्सहरु कम्पनीको वेबसाइट तथा मोबाइल एपबाट निःशूल्क अध्ययन गर्न सकिने छ ।

अनलाइन कक्षाको वेबसाइटमा प्रवेश गर्नको लागि यहाँ क्लिक गर्नुहोस । त्यस्तै अनलाइन कक्षाको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।  मोबाइल एप आइफोनमा पनि छिटै उपलब्ध हुने अनलाइन कक्षाले जानकारी दिएको छ ।