कीवर्डहरू -

फायरफक्सलाई पछि पार्दै माइक्रोसफ्ट एज दोस्रो स्थानमा 

फायरफक्सलाई पछि पार्दै माइक्रोसफ्ट एज दोस्रो स्थानमा 

माइक्रोसफ्ट एजले ब्राउजरको बजारमा फायरफक्सलाई पछाडी पार्दै दोस्रो स्थान ओगट्न सफल भएको छ । माइक्रोसफ्ट एज नेट मार्कट सेयरको रिपोर्ट अनुसार सन् २०२० मार्चमा कम्प्युटरमा प्रयोग हुने दोस्रो लोकप्रिय ब्राउजर बन्न सफल भएको हो ।

\"\"

ब्राउजरको बजारमा ६८.५ प्रतिशत सहित गूगल क्रोम पहिलो स्थानमा रहेको छ । त्यस्तै ७.५९ प्रतिशत सहित दोस्रो स्थान माइक्रोसफ्ट एजले कायम गरेको छ ।

भने ७.१९ प्रतिशतका साथ फायरफक्स तेस्रो स्थानमा रहेको छ । त्यसैगरी चौथो स्थानमा इन्टरनेट एक्प्लोर ११ रहेको छ भने पाँचौ स्थानमा एप्पलको सफारी रहेको छ ।

त्यस्तै मोबाइलमा प्रयोग हुने ब्राउजमा गूगल क्रोम पहिलो, सफारी दोस्रो तथा सामसुङ ब्राउजर तेस्रो स्थानमा रहन सफल भएका छन् ।

\"\"