कीवर्डहरू -

भायानेट माथि साइबर आक्रमण, १ लाख ५० हजार भन्दा बढी प्रयोगकर्ताका व्यक्तिगत विवरण बाहिरिए

भायानेट माथि साइबर आक्रमण, १ लाख ५० हजार भन्दा बढी प्रयोगकर्ताका व्यक्तिगत विवरण बाहिरिए

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट माथि साइबर आक्रमण भएको छ । साइबर आक्रमणबाट भायानेटका करिब १ लाख ५० हजार भन्दा बढी प्रयोगकर्ताका व्यक्तिगत विवरण बाहिरिएका छन् ।

\"\"

जसमा प्रयोगकर्ताका नाम, ठेगाना, इमेल एड्रेस तथा फोन नम्बरहरु रहेका छन् । लिक भएका डेटा डार्क वेबमा राखिएको छ ।

बाहिरिएका डेटाहरु ओनियन लिंकमा छन् । जुन डेटा हेर्न ‘टोर’ ब्राउजरको प्रयोग गर्नुपर्ने हुन्छ । केही हप्ता अगाडी मात्रै खाना तथा खाजा अनलाइन डेलिभरी गर्ने कम्पनी फुडमाण्डुमा पनि साइबर हमला भएको थियो ।