कीवर्डहरू -

अनलाइनबाटै उपत्यका चक्रपथ भित्र खाद्यान्न पुर्‍याउँदै सरकार , लकडाउनमा डेलिभरी निःशूल्क

अनलाइनबाटै उपत्यका चक्रपथ भित्र खाद्यान्न पुर्‍याउँदै सरकार  , लकडाउनमा डेलिभरी निःशूल्क

सरकारको स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइनबाट खाद्यान्न होम डेलिभरी सेवा सुरु गरेको छ । कम्पनीले बुधबारदेखि यो सेवा सुरु गरेको हो ।

अनलाइन अर्डर गर्दा कम्तिमा २ हजार सम्मको सामान अर्डर गर्नुपर्ने छ । डेलिभरी सेवा लकडाउन अवधिभर निशूल्क रहेको छ ।

अनलाइन मार्फत चामल, कर्णालिको सिमी, गेडागुडी, फापर, इन्डक्सन चुल्हो खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । अनलाइन अर्डर गरेको सामान २ दिन भित्रमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

अहिलेलाई डेलिभरी सेवा उपत्यका चक्रपथ भित्र मात्र उपलब्ध रहेको छ । अनलाइनमा खाद्यान्न अर्डर गर्नका लागि यहाँ क्लिक गर्नुहोस ।