कीवर्डहरू -

शंकास्पद फोन, एसएमएस तथा इमेलमा व्यक्तिगत जानकारी नदिन भायानेटको आग्रह

शंकास्पद फोन, एसएमएस तथा इमेलमा व्यक्तिगत जानकारी नदिन भायानेटको आग्रह

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले आफ्नो कस्टुमर इन्फरमेसन सिस्टममा साइबर हमला भएको र अक्त कमजोरी समाधान भएको जनाएको छ ।

साइबर हमलाबाट प्रयोगकतर्ताका नाम, ठेगाना,लोकेसन, इमेल एड्रेस तथा फोन नम्बर जस्ता व्यक्तिगत विवरण बाहिरिए पछि ऊक्त समस्याको समाधान गरेको हो ।

भायनेटले ऊक्त साइबर आक्रमणको जानकारी नेपाल प्रहरीको साइबर क्राइम ब्युरोलाई समेत गराएको बताएको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै अज्ञात नम्बरबाट आएको कल, एसएमएस तथा शंकास्पद इमेलहरुमा व्यक्तिगत जानकारी नदिन अनुरोध गरेको छ ।

त्यस्तै अज्ञात कलबाट बच्न ९८०१०४६७४१०, ०१५९७०४४४, ०१४२१७५५ नम्बर सेभ गर्न तथा vianet.com.np भन्दा बाहिरबाट आएका शंकास्पद इमेल नखोल्ने समेत आग्रह गरेको छ ।

\"\"