कीवर्डहरू -

२ महिनाको लागि गूगल स्टाडिया प्रो निःशूल्क 

१४ देशका गेमरहरुलाई २ महिनाको लागि स्टाडिया निःशूल्क

२ महिनाको लागि गूगल स्टाडिया प्रो निःशूल्क 

गूगलले आफ्नो गेमिङ स्ट्रिमिङ सेवा ‘स्टाडिया’ निःशूल्क दिएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएको बेला गूगलले स्टाडियाको ‘प्रो इडिसन’ २ महिनाको लागि निःशूल्क दिएको हो ।

जिमेल अकाउन्टबाट यसलाई साइनप गर्न सकिन्छ । स्टाडियाका भाइस प्रेसिडेन्ट तथा जीएम फिल ह्यारिसन एक ब्लग पोष्टमा लेख्छन् , “घरमा बसिरहेको बेला भिडियो गेम भ्यालुएबल हुन् सक्छ, त्यसैले हामीले १४ देशका गेमरहरुलाई २ महिनाको लागि स्टाडिया निःशूल्क प्रदान गरेका हौ”।

यदि तपाईँ पहिलेनै गूगल स्टाडिया प्रोको सब्सक्राइबर हुनुहुन्छ भने २ महिनाको पैसा तिर्नु पर्दैन । गूगल स्टाडिया बेल्जियम, क्यान्डा, डेनमार्क फिनल्यान्ड, फ्रान्स, जर्मनी, आयरल्याण्ड, इटाली, नेदरल्याण्ड, नर्वे, स्पेन, स्वीडेन, बेलायत तथा अमेरिकामा उपलब्ध रहेको छ ।

गूगल स्टाडिया एप एन्ड्रोइड तथा आइओएसमा समेत उपलब्ध रहेको छ । त्यस्तै ल्याप्टप, डेक्स्टप तथा ट्याब्लेट स्टाडियाको प्रयोग गरी गेम खेल्न सकिन्छ ।