कीवर्डहरू -

नेपाल टेलिकमले गर्‍यो ‘स्टे कनेक्टेड अफरको’ अवधि थप 

नेपाल टेलिकमले गर्‍यो ‘स्टे कनेक्टेड अफरको’ अवधि थप 

नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ ।

नेपाल सरकारले तेश्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखि उक्त अफरको अवधि २७ चैत्र २०७६ बाट ०४ बैशाख २०७७ सम्म बढाएको हो ।

जीएसएम सेवामा डाटा प्याक अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयाँमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनभित्र खपत गर्नुपर्नेछ ।

यसैगरी दोश्रो प्याकेजमा २ सय रुपैयाँमा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र कम्पनीको फोरजी नेटवर्कमा ७ दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

यसरी १ सय रुपैयाँमा बोनससहित कुल ४ जीबी र २ सय रुपैयाँमा बोनससहित १० जीबी डाटा प्रयोग गर्न सकिनेछ ।

त्यस्तै कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलब्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलब्ध हुने छ ।

सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि २५ रुपैयाँमा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ ।

यसैगरी दोश्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि १ सय रुपैयाँमा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ ।

यसरी २५ रुपैयाँमा एक दिनका लागि बोनससहित ६० मिनेट र १ सय रुपैयाँमा ७ दिनका लागि बोनससहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।

उक्त स्टे कनेक्टेड अफर नेपाल टेलिकम एप र युएसएसडी बाट खरिद गर्न सकिन्छ । युएसएसडी बाट खरिद गर्न *१४१५*१०# डायल गर्नुपर्दछ । थप जानकारी कम्पनीको वेबसाइटबाट प्राप्त गर्न सकिन्छ ।

यसैगरी ग्राहकको सुविधालाई ध्यानमा राखी कम्पनीले विन्टर अफरका रुपमा उपलब्ध गराइरहेका छुटहरुलाई स्प्रिङ अफरका रुपमा २०७७ असार मसान्तसम्म विस्तार गरेको छ ।

सो अन्तर्गत अल टाइम डाटा प्याक, डे डाटा प्याक, नाइट डाटा प्याक, सोसियल मिडिया प्याक, युट्युब (स्ट्रिमिङ) डाटा प्याक, डे टाइम भ्वाइस प्याक, पोष्टपेड प्याक र बिग डाटा प्याक उपलब्ध छन् ।

टेलिकमले वाइम्याक्स सेवामा प्रदान गरिएको छुट अवधिलाई २०७७ असार मसान्तसम्म थप गरेको छ ।

टेलिकमका ग्राहकले अब एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा पोस्टपेड मोबाइलमा व्यालेन्स ट्रान्सफर एक दिनमा बढीमा २० पटक सम्म र एक पटकमा ५ सय रुपैयाँसम्म ट्रान्सफर गर्न सक्ने छन् ।

टेलिकमले लकडाउनमा कम्पनीका एडीएसएल, एफटीटीएच तथा वाइम्याक्स सेवाका ग्राहकवर्गलाई महशुल भुक्तानी तथा रिचार्ज सेवा उपलब्ध हुन कठिनाई हुनसक्ने सम्भावनालाई मध्यनजर गरी सो अवधिमा समयावधि सकिने लाइनहरुको म्याद यसअघि चैत २५ गतेसम्म बढाइएकोमा अब समय थपलाई निरन्तरता नदिने निर्णय गरेको छ ।

साथै जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको छुट क्रमशः ३० प्रतिशत र २७ प्रतिशत लकडाउन अवधिभर निरन्तर रहने छ ।