गूगलले भिडियो कन्फेरेन्सिङ एप ह्याङआउट मिटलाई रिब्राण्डिङ गर्दै गूगल मिट बनाएको छ । गूगलको प्रडक्ट म्यानेजमेन्ट निर्दैशक कार्तिक लक्षमीनारायण तथा स्मिता हसिमले एक पोष्ट मार्फत गूगल ह्याङआउट मिटको नाम परिवर्तन गर्दै गूगल मिट बनाएको जानकारी दिएका हुन् ।
विश्वभर कोरोना भाइरसले महामरीको रप लिएको समयमा अहिले अनलाइन मिटिङ चलन धेरै बढेको छ । अनलाइन मिटिङको चलन वृद्धि भएपछि २५ गुणाले गूगल मिटको प्रयोग बढेको छ ।
गूगल मिटले अहिले दैनिक २० लाख नयाँ प्रयोगकर्ताहरु प्राप्त गरिरहेको छ ।
एजेन्सीको सहयोगमा