कीवर्डहरू -

एसईईका विद्यार्थिलाई अनलाइनबाट पढाउँदै बुटवलको अक्सफोर्ड माध्यमिक विद्यालय

एसईईका विद्यार्थिलाई अनलाइनबाट पढाउँदै बुटवलको अक्सफोर्ड माध्यमिक विद्यालय

कोरोना भाइरसको कारण सरकारले दुईहप्ता देखि देश लकडाउन गरेको छ । जसले गर्दा शैक्षिक संस्थामा पनि असर परेको छ । देशभरका विद्यालय विश्वविद्यालय सबै बन्द छन् ।

जसबाट हजारौं विद्यार्थिहरु मारमा परेका छन् । यही कुरालाई मध्यनजर गर्दै बुटवलको अक्सफोर्ड माध्यमिक बिद्यालयले एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुको लागि अनलाइन कक्षा सुरु गरेको छ ।

लकडाउनमा घरमा बसिरहेका विद्यार्थीहरुको पढाइलाई निरन्तरता दिन विद्यालयले अनलाइन कक्षा सुरु गरेको हो । प्रविधिको अधिकतम प्रयोग गर्दै स्मार्ट विद्यालयको रुपमा सञ्चालन गर्ने विद्यालयको योजना रहेको छ ।

गत चैत ६ गतेबाट हुने भनिएको एसईई परीक्षा कोरोना भाइरसका कारण स्थगित भएको थियो ।