कीवर्डहरू -

लकडाउनमा इन्टरनेट सेवा प्रदान गर्न क्लासिक टेकको कोभिड-१९ फाइबर टास्क फोर्स 

लकडाउनमा इन्टरनेट सेवा प्रदान गर्न क्लासिक टेकको कोभिड-१९ फाइबर टास्क फोर्स 

कोरोना भाइरस अर्थात कोभिड-१९ को महामारीले विश्व आक्रान्त बनेका बेला नेपालमा पनि यसलाई फैलन नदिनका लागि सरकारद्वारा लकडाउन घोषणा गरिएको  छ ।

सरकारद्वारा घोषणा गरिएको यस लकडाउनमा अति आवश्यक काम नभएसम्म घर बाट बाहिर ननिस्कन सरकारले आग्रह गरेको छ ।

लकडाउनले गर्दा उद्योग, कल कारखाना, शैक्षिक संस्था लगायतका विभिन्न कम्पनी तथा कार्यालयहरु बन्द छन् ।

यस्तो अवस्थामा अनलाइन मिटिङ, एक अर्कासँग कुराकानी गर्न, मनोरञ्जन लिन, सूचना तथा जानकारी लिन, समय विताउन तथा  अन्य विविध कामको लागि इन्टरनेट सेवा अति आवश्यक भएको छ।

अनलाइन बैकिङ, अनलाइन ऐजुकेसन, कर्पोरेट काम, अनलाइन मेडिकल परामर्श जस्ता चुनैतिपूर्ण कार्यहरु पनि इन्टरनेटको प्रयोगबाट नै सम्भव भइरहेको छ ।

यस्तो चुनौतिपूर्ण घडिमा ग्राहकहरुलाई सेवा प्रदान गर्नको निम्ति इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले बिशेष सावधानी अपनाएर सेवा दिने जानकारी दिएको  छ ।

\"\"

क्लासिक टेकको कोभिड-१९ फाइबर टास्क फोर्सले बैंक र अस्पताल लगायतका कर्पोरेटहरुमा सिस्टम डाउन भएको अवस्थामा मर्मत गर्ने लगायत इन्टरनेटका विविध समस्याहरु तत्काल समाधान गर्दै आएको कम्पनीले जनाएको छ ।

क्लासिक टेकले कोभिड-१९ फाइबर टास्क फोर्सेको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी समय समयमा स्वास्थ्य परिक्षण गराउनुका साथै  उनीहरुका लागि सुरक्षा पोसाक र पर्याप्त सेफ्टी किटको प्रवन्ध समेत मिलाएको जानकारी गराएको छ  ।

साथमा कोरोना संक्रमणबाट सुरक्षित रहने बिशेष सावधानिका उपायहरु बारे पनि  सचेतना प्रशिक्षण दिइएको क्लासिक टेकले जानकारी दिएको छ ।

महामारीबाट आफ्ना कोभिड-१९ फाइबर टास्क फोर्सेका स्टाफ कर्मचारी तथा उनीहरुका परिवार जन र आफन्तजनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गरी क्लासिक टेकले  कार्यालयमा नै कोभिड-१९ फाइबर टास्क फोर्सको लागि खाना बस्नको व्यवस्था समेत मिलाएको र चारै प्रहर सेवाप्रवाह गराउँदै आएको समेत बताएको छ ।
\"\"