कीवर्डहरू -

ओपोको फाइभजी भ्वाइस तथा भिडियो कलमा सफलता, उच्च गुणस्तरिय फाइभजी फोन अनुभव वास्वविकताको नजिक

ओपोको फाइभजी भ्वाइस तथा भिडियो कलमा सफलता, उच्च गुणस्तरिय फाइभजी फोन अनुभव वास्वविकताको नजिक

ओपोले फाइभजी नेटवर्कमा आधारित भ्वाइस र भिडियो कल गर्ने कार्यमा सफलता हात पारेको घोषणा गरेको छ । यस कार्यमा सफलताका साथै अब उच्च गुणस्तरिय फाइभजी अनुभव वास्तविकताको थप नजिक पुगेको छ ।

एरिक्सन र मिडियाटेकसंग सहकार्य गर्दै मिडियाटेकको डाइमेन्सिटी १००० सिरिज एसओसी सुसज्जित ओपोद्वारा परिमार्जित कमर्सियल स्मार्टफोन मार्फत एरिक्सन रेडियो सिस्टम प्रडक्ट्स एण्ड सोल्यूसनद्वारा सञ्चारित ईन्ड टू ईन्ड फाइनजी स्ट्यान्ड अलोन (एसए) नेटवर्कको माध्यमबाट गरिएको हो ।

भीओएनआर पूर्णतः फाइभजी नेटवर्क (एसए आर्किटेक्चर) मा आधारित आधारभूत कल सेवा हो । पछिल्ला कल सेवासंग तुलना गर्दा भोओएनआरले उल्लेखनियरुपमा कम बिलम्बता, सुदृढ आवाजको गुणस्तर  तथा गुणस्तरिय दृश्यानुभूतिका साथमा समग्र प्रयोगकर्ता अनुभवमै सुधार प्रदान गर्छ ।

एसए आर्किटेक्चर भविस्यको फाइभजी नेटवर्कका लागि एक प्रमुख मेनस्ट्रिम आर्किटेक्चर हो । हाल विश्वका अपरेटर्सहरु निकै सक्रिय रुपमा फाइभजी एसए नेटवर्कका लागि जग बसाउने कार्यमा लागि परेका छन् ।

एसए आर्किटेक्चर मातहत भीओएनआर सपोर्ट गर्ने पहिलो मध्यकै एक मोबाइल फोन ब्राण्डका रुपमा प्रारम्भिक ग्रहणकर्ताहरुले समेत पूर्णतः समग्र फाइभजी अनुभवको मज्जा लिन सकुन भन्ने ओपोको उद्देश्य हो ।

नयाँ पुस्ताका सञ्चार प्रविधिका लागि सबल प्राविधिक क्षमताका स्मार्टफोन निर्माताको आवश्यकता पर्ने हुँदा यस सफलतासंगै अपरेटर्स तथा सञ्चार उपकरण बितरकहरुका लागि छनोटका आधारमा पहिलो प्राथमिकतामा समेत पर्न सघाएको छ ।