कीवर्डहरू -

अनलाइन कक्षा सञ्चालनको तयारीमा सरकार

अनलाइन कक्षा सञ्चालनको तयारीमा सरकार

बिहीबार साँझ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नेपालका सबै विश्वविद्यालयका उपकुलपतिसँग भिडियो कन्फेरेन्स गरेका छन् ।

उक्त भिडियो कन्फेरेन्स कोरोना भाइरस अर्थात कोभिड-१९ ले गर्दा लकडाउन लम्बिने संकेत देखिएसँगै दूरशिक्षा सञ्चालनको लागि छलफल भएको हो ।

मन्त्री गिरिराजमणी पोखरेलले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय तथा खुल्ला विश्वविद्यालयसँग अहिलेको समयमा विश्वविद्यालयले खेलेको भुमिका तथा अनलाइन कक्षा सञ्चालनको विषयमा छलफल गरेका हुन् ।

कोरोना भाइरसले गर्दा यतिबेला देशभरका शैक्षिक संस्था बन्द छन् । जसले गर्दा हजारौ विद्यार्थिहरुमा असर परेको छ । यही कुरालाई ध्यानमा राख्दै सरकारले दूर शिक्षा सञ्चालनको तयारी गरेको छ ।