कीवर्डहरू -

खाता नम्बर, पीन नम्बर लगायतका व्यक्तिगत विवरण कसैलाई नदिन बैंकर्स संघको आग्रह 

खाता नम्बर, पीन नम्बर लगायतका व्यक्तिगत विवरण कसैलाई नदिन बैंकर्स संघको आग्रह 

नेपाल बैंकर्स संघले सकेसम्म विद्युतिय कोरोबार गर्न र आफ्नो खाता नम्बर, पीन नम्बर, लगायतका व्यक्तिगत विवरण कसैलाई नदिन आग्रह गरेको छ ।

बैंकर्स संघले विद्युतिय कारोबारलाई सुरक्षित बनाउनको लागि आफ्नो बैंक खाताको व्यक्तिगत विवरण कसैलाई नदिन अनुरोध गरेको हो ।

साथै नेपाल बैंकर्स संघले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका बाबजूद बैंकहरु न्यूनतम बैंकिङ सेवा प्रदान गर्न पूर्ण रुपमा प्रतिबद्ध रहेको समेत एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

\"\"