कीवर्डहरू -

अब भिडिओ कन्फेरेन्सिङ मार्फत् निःशूल्क डाक्टरसँग परामर्श लिन सकिने  

अब भिडिओ कन्फेरेन्सिङ मार्फत् निःशूल्क डाक्टरसँग परामर्श लिन सकिने   

डाक्टर्स अन कल नेपालले डिजिटल स्वास्थ्य सेवा प्लाटफर्म डकनेपाल डटकमको सुरुवात गरेको छ । डकनेपालको माध्यमबाट बिरामीले डाक्टरसँग भिडियो कन्फेरेन्सिङको सुविधा पाउने छन् ।

कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नेपाल सरकारले २ हप्तादेखि देशभर लकडाउन गरेको छ । जसको कारण आपतकालिन बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द छन् ।

भर्चुअल कन्सलटेसनको लागि यो एकदमै राम्रो माध्यम हो । डाक्टरसँग भिडियो कन्फेरेन्सिङ सेवा अहिलेको यो महामारीको समयमा निःशूल्क उपलब्ध रहेको छ ।

\"\"

डकनेपाल डटकमले अनलाइन भिडिओ कन्फेरेन्सिङ प्रविधिको माध्यमबाट तोकिएको समयमा स्वास्थ्य सेवाग्राहीलाई चिकित्सहरुको परामर्श, अत्यावश्यक ओषधिको  सिफारिस तथा चिकित्सकीय सेवा प्रदान गर्ने छ ।

यसको लागि सुरुमा डकनेपालको वेबसाइटमा प्रवेश गर्न यहाँ क्लिक गर्नुहोस । वेबसाइटमा गएर रजिष्टर गरेपछि इमेल वा फोन नम्बर मार्फत अकाउन्ट प्रमाणीत गर्नुपर्ने हुन्छ । त्यसपछि लगइन गरेर त्यहाँ उपलब्ध डाक्टरहरुसँग अपोइनमेन्ट लिएर कुराकानी गर्न सकिन्छ ।

डाक्टर्स अन कल नेपालले इएसआर टेकसँग सहकार्य गरेर डकनेपालको विकास गरेको हो । यसलाई नेपाल मेडिकल एशोसिएसन, नेपाल इन्भेष्टमेन्ट बैंक तथा एसीसीएले सपोर्ट गरेका छन् ।