कीवर्डहरू -

कम्पनीका कम्प्युटरमा जुम सफ्टवेयर प्रयोग नगर्न कर्मचारीलाई गूगलको निर्दैशन 

कम्पनीका कम्प्युटरमा जुम सफ्टवेयर प्रयोग नगर्न कर्मचारीलाई गूगलको निर्दैशन 

गूगलले आफ्ना कर्मचारीलाई भिडिओ कन्फेरेन्सिङ प्लाटफर्म जुमको प्रयोग गर्न रोक लगाएको छ ।

सुरक्षा कमजोरीको कारण देखाउँदै गूगलले आफ्ना कर्मचारीलाई इमेल पठाएर कम्पनीको कम्प्युटरमा जुम सफ्टवेयर प्रयोगमा रोक लगाएको हो ।

जुम सफ्टवेयरमा प्रतिबन्ध लगाउँने गूगल पहिलो कम्पनी भने होइन । यसअघि स्पेश एक्सले पनि आफ्ना कर्मचारीलाई प्रयोग नगर्न निर्दैशन दिइ सकेको छ ।

त्यस्तै न्यू योर्क शहरको शिक्षा विभागले पनि स्कुलहरुलाई जुम सफ्टवेयरको प्रयोग नगर्न आग्रह गरेको छ ।

एजेन्सीको सहयोगमा