कीवर्डहरू -

कोरोना रोकथाममा महाबिर पुन र आविस्कार केन्द्रले के के काम गरे ?

आइसोलेसनमा रहेका मानिसलाई खाना पुर्‍याउने रोबोटको विकास गर्दै आविस्कार केन्द्र 

कोरोना रोकथाममा महाबिर पुन र आविस्कार केन्द्रले के के काम गरे ?

विश्वभर कोरोना भाइरसको महामारी फैलिएको अबस्थामा नेपालमा पनि कोरोनाको संक्रमण कम गर्न सरकारले २ हप्तादेखि देशभर लकडाउन गरेको छ ।

देश लकडाउन भइरहँदा राष्ट्रिय आविस्कार केन्द्र भने कोरोना रोकथामको लागि  विभिन्न आविस्कारहरु गरिरहेको छ । राष्ट्रिय आविस्कार केन्द्रले आइसोलेसनमा रहेका मानिसलाई खाना पुर्‍याउने रोबोटको नमुनाको विकास गरिरहेको छ ।

राष्ट्रिय आविस्कार केन्द्रले कोरोना रोकथामको लागि निःशूल्क २२५० व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) वितरण गरिसकेको छ । जसमा सातै प्रदेशका १४५ सरकारी अस्पताल, प्राइभेट अस्पताल, प्राथामिक उपचार केन्द्र, हेल्थ पोष्ट तथा क्वारेन्टाइन स्थलमा २ हजार २ सय ५० व्यक्तिगत सुरक्षा सामग्री अर्थात पीपीई वितरण गरेको छ ।

केन्द्रले ठुलो अस्पताललाई १५ देखि २५, मझौला अस्पतालाई १० देखि १५ र हेल्थ पोष्टहरुलाई ५ वटा सम्म पीपीई दिएको छ । साथै मोबाइलबाट सम्पर्क गरी गाडीनै लिएर पीपीई लिन आउनेलाई पीपीई दिदै आएको महाविर पुनले बताएका छन् ।

\"\"

त्यस्तै आविस्कार केन्द्रले काठमान्डौं उपत्यका सहित बाहिर जिल्लाबाट काठमाडौं आएका १८५ एम्बुलेन्स चालकलाई पीपीई वितरण गरेको छ ।

इमरजेन्सी रेस्क्युमा काम गर्ने सुरक्षाकर्मीहरुको लागि पनि अनुरोध आए अनुसार पीपीई वितरण गरिएको आविस्कार केन्द्रका अध्यक्ष महाविर पुनले जानकारी दिएका छन् ।

केन्द्रले निर्माण गरेको कोरोनाका बिरामी जाँच्ने बुथबाट टिचिङ अस्पताल, वीर अस्पताल, छाउनी सैनिक अस्पताल, भक्तपुर अस्पताल, बाग्लुङ अस्पताल, महेन्द्रनगर अस्पताल तथा इटहरी अस्पतालमा राखेर काम सुरु भइसकेको छ ।

दक्षिण कोरियाले बनाएको जस्तो बुथको नमुनाको आधारमा केही थप सुधार गरी बुथहरु निर्माण गरिएको थियो । अहिले १६ जिल्लामा विभिन्न टीमले बुथ बनाइरहेका छन् ।

राष्ट्रिय आविस्कार केन्द्रको आग्रहमा बायोमेडिकल एशोसिएसन र विभिन्न बायोमेडिकल इन्जिनियरहरुको समुहले ट्रमा अस्पतालको ८ वटा, वीर अस्पतालको ३ वटा भेन्टीलेटरको मर्मत गरेको छन् । भने टिचिङ अस्पताल, गंगालाल अस्पताल, कान्ति बाल अस्पतालको भेन्टीलेटरको मर्मत कार्य भइरहेको छ ।

त्यस्तै केन्द्रले साधारण किसिमको नयाँ भेन्टीलेटरले जस्तै काम गर्ने सिस्टमको विकास गरी परीक्षण गरिरहेको छ । कन्द्रले नै कोरोनाले सिकिस्त भएका बिरामीलाई राखेर जाँच्ने इन्क्युबेसन बाकसको समेत विकास गरिरहेको छ ।

त्यसैगरी केन्द्रले एकपटक प्रयोग भइसकेका मास्क र पीपीई गाउनहरुलाई किटाणु रहित बनाएर पुनः प्रयोग गर्नका लागि युभी ट्रिटमेन्ट गर्ने सिस्टम बनाउन प्रयास गरिरहेको पुनले बताएका छन् ।