कीवर्डहरू -

दूरसञ्चार प्राधिकरणले भन्योः सूचना प्रविधि प्रयोगशाला स्थापना कार्यमा अनियमितता भएको छैन्  

दूरसञ्चार प्राधिकरणले भन्योः सूचना प्रविधि प्रयोगशाला स्थापना कार्यमा अनियमितता भएको छैन्  

नेपाल दूरसञ्चार प्राधिकरणले सूचना प्रविधि प्रयोगशाला स्थापना कार्यमा अनियमितता नभएको दाबी गरेको छ ।

प्राधिकरणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विगत केही दिन देखि मिडियामा आएका सूचना प्रविधि प्रयोगशाला स्थापना कार्यमा अनियमितता  भएको समाचार प्रति गम्भिर ध्यानाकर्षन भएको जानकारी दिएको छ ।

सातवटै प्रदेशका ७७ जिल्ला तथा ७५३ वटै स्थानीय निकायमा सूचना प्रविधि प्रयोगशाला स्थापना, ब्यवस्थापन, ढुवानी, मर्मत तथा तालिम समेत प्रदान गर्ने गरी कार्य गर्न खरिद ऐन तथा प्राधिकरणको खरिद विनियमावलीको अधिनमा रहेर काम गरेको प्राधिकरणको जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्राधिकरणले सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार पारेको स्ट्याण्डर्ड बिडिङ डकुमेन्टमा बोलपत्रदाताको योग्यता निर्धारण गर्न तोकिएको गाइडलाइन्समा आधारित रही वोलपत्रदाताको न्यूनतम योग्यता निर्धारण गरी अधिकतम वोलपत्रदाता सहभागी हुने गरी राष्ट्रिय स्तरमा वोलपत्र आब्हन गरिएको बताएको छ ।

त्यस्तै प्रस्तावित कम्युटर Dell New Vostro 3671 Desktop, 9th Gen Intel@corei7-9700(8Core,12 MB Cache, up to 4.1 GHz with Intel@turbo रहेको र उक्त कम्युटरको मूल्य निर्माताको Website मा समेत प्रस्ट रहेको हुदा अनियमितता भएको भनी संप्रेषित समाचारमा कुनै सत्यता नरहेको दाबी गरेको छ ।