कीवर्डहरू -

गूगल र एप्पल मिलेर कन्ट्याक्ट ट्रेसिङ प्रविधिको विकास गर्दै 

गूगल र एप्पल मिलेर कन्ट्याक्ट ट्रेसिङ प्रविधिको विकास गर्दै 

विश्वका लोकप्रिय प्रविधि कम्पनी गूगल र एप्पलले कोभिड १९ अर्थात कोरोना भाइरस फैलन नदिन  कन्ट्याक्ट ट्रेसिङ प्रविधि विकास गर्न सहकार्य गर्ने भएका छन् ।

यी दुबै कम्पनीले ब्लुटुथ प्रविधिको प्रयोग गरेर सरकार तथा स्वास्थ्य एजेन्सीहरुलाई सहयोग गर्न र कोरोना भाइरस फैलन कम गर्न यस्तो सहकार्य गरेका हुन् ।

जसको लागि आगामी मे महिनामा यी दुबै कम्पनीले एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) सार्वजनिक गर्नेछन् । जसले एन्ड्रोइड तथा आइओएस डिभाइस बीचमा मोबाइल एप प्रयोगको लागि इन्टरअपेराबिलिटीलाई सक्षम बनाउँनेछ । जुन एप सम्बन्धित कम्पनीका एप स्टोरबाट डाउनलोड गर्न सकिने छ ।

दुबै कम्पनीले अन्तरनिहित प्लेटफर्महरुमा ब्लुटुथमा आधारित कन्ट्याक्ट ट्रेसिङ प्लटाफर्मको विकास गर्नेछन् ।

प्रविधिको माध्यमबाट यदि कुनै कोरोना पोजेटिभ मानिस भएमा ऊक्त व्यक्तिको सम्पर्कमा आएका मानिसलाई चेतावनी स्वरुप सूचना पुग्ने छ ।

यस कन्ट्याक्ट ट्रेसिङ प्रविधिमा लोकसन सहित व्यक्तिगत जानकारीहरु रेकर्ड गरिने छैन् ।