कीवर्डहरू -

सहकारी तथा लघुवित्तलाई अनलाइन बैंकिङ सेवा प्रदान गर्न ई-बैंकिङ पोर्टल सार्वजनिक

डिपोजिट स्टेटमेन्ट, लोन स्टेटमेन्ट, चेक रिक्वेस्ट, फन्ड टान्सफर तथा आफ्नो खाताको बारेमा विभिन्न जानकारी लिन

सहकारी तथा लघुवित्तलाई अनलाइन बैंकिङ सेवा प्रदान गर्न ई-बैंकिङ पोर्टल सार्वजनिक

इन्फो डेभल्पर्स प्रालिले अनलाइन बैंकिङ सेवाको लागि ई-बैंकिङ पोर्टल सार्वजनिक गरेको छ । इन्फो डेभल्पर्सले सहकारी तथा लघुवित्तको लागि अनलाइन बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले ई-बैंकिङ पोर्टलको विकास गरेको हो ।

सहकारी तथा लघुवित्तले प्रयोग गरिरहेको सिस्टम सँग ई- बैंकिङ पोर्टल एकीकृत हुन्छ । एकीकृत भइसकेपछि ग्राहकले सहकारी तथा लघुवित्तबाट प्राप्त युजर आइडी र पासर्वड राखेर पोर्टलमा लगइन गर्न सक्ने छन् ।

पोर्टलमा लगइन भइसकेपछि ग्राहकले डिपोजिट स्टेटमेन्ट, लोन स्टेटमेन्ट, चेक रिक्वेस्ट, फन्ड टान्सफर तथा आफ्नो खाताको बारेमा विभिन्न जानकारी लिन सक्ने छन् ।

त्यस्तै यसबाट मोबाइलमा रिचार्ज गर्न, टिभि, बिजुलि, इन्टरनेट, खानेपानी तथा ल्याण्डलाइनको बिल भुक्तानी गर्न सकिन्छ । इन्फो डेभल्पर्ससँग आवद्ध सहकारी तथा लघुवित्तले ई-बैंकिङ पोर्टलको प्रयोग गर्न सक्ने छन् ।