कीवर्डहरू -

सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको भिडियो कन्फेरेन्स 

सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको भिडियो कन्फेरेन्स 

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडिओ कन्फेरेन्स गरेका छन् । शनिबार ओलीले सिंहदरबारस्थित एक्सन रुमबाट भिडियो कन्फेरेन्स गरेका हुन् ।

उक्त भिडियो कन्फेरेन्समा सातै प्रदेशका मुख्यमन्त्रीहरुले आ-आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको लागि भएका प्रयासहरुको बारेमा जानकारी गराएका थिए ।

कन्फेरेन्समा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश ६ का मुख्यमन्त्री महेन्द्र शाही, प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको सहभागिता रहेको थियो ।

उक्त भिडियो कन्फेरेन्स ४ घण्टा भन्दा बढी अवधिसम्म सञ्चालन भएको थियो ।